हायात प्लेस बुटवलको औपचारिक उद्घाटन
सारांश
- रुपन्देहीको बुटवलमा 'हायात प्लेस बुटवल'को औपचारिक उद्घाटन गरिएको छ।
- होटेलले व्यापारिक र फुर्सदिला यात्रुहरूलाई लक्षित गरी विभिन्न सुविधाहरू प्रदान गर्दछ।
- होटेलमा प्रेसिडेन्सियल सुइट, मिटिङ हल, रेस्टुरेन्ट, बार, र अन्य सुविधाहरू रहेका छन्।
बुटवल । रुपन्देहीको बुटवलस्थित 'हायात प्लेस बुटवल'को औपचारिक रूपमा उद्घाटन गरिएको छ। श्वव्यापी उपस्थिति विस्तार गर्ने रणनीति अनुसार हायात प्लेस ब्रान्डले बुटवलमा नयाँ होटेल खोलेको जनाएको छ।
होटेलले हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक तथा आरामदायी वातावरण, निःशुल्क वाइ–फाइ, २४ सै घण्टा उपलब्ध खानेकुरा लगायतका सुविधासहित व्यापारिक तथा फुर्सदिला दुवै प्रकारका यात्रुहरूलाई लक्षित गरेको छ।
३००–७७५ वर्ग फिटका कोठादेखि प्रेसिडेन्सियल सुइटसम्म
होटेलमा किंग र ट्विन कोठा, फरेस्ट र हिल भ्यूका विभिन्न कक्षा (क्लास)का गेस्टरुम र फराकिला सुइटहरू उपलब्ध छन्। मुख्य आकर्षणको रूपमा १,५६० वर्ग फिट क्षेत्रफलमा फैलिएको प्रेसिडेन्सियल सुइट रहेको छ, जसले विशिष्ट पाहुनालाई उच्चस्तरीय अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
त्यसैगरी, १५० जना पाहुना अटाउने क्षमता भएको ग्रान्ड बलरुमसहितका मिटिङ तथा कार्यक्रम स्थल पनि होटेलमा सञ्चालनमा आएका छन्।
हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरले उत्कृष्ट आतिथ्य अनुभव प्रदान गर्नु नै आफ्नो प्राथमिकता रहेको बताए।
“हाम्रा विशेष रूपमा डिजाइन गरिएका कोठा, विविध खानाका विकल्प र फराकिला कार्यक्रम स्थलहरूले गर्दा हायात प्लेस बुटवल बिजनेस तथा लेजर दुबै यात्रुका लागि आदर्श गन्तव्य बन्नेछ,” नगरले भने।
उनका अनुसार होटलले पाहुनाहरूलाई कार्य, विश्राम र मनोरञ्जनलाई सहज रूपमा सन्तुलन गर्न सहयोग गर्ने वातावरण प्रदान गर्नेछ। “हाम्रो समर्पित टिमले प्रत्येक बसाइलाई व्यक्तिगत तथा यादगार बनाउन काम गर्नेछ,” उनले बताए।
होटेलका प्रमुख विशेषताहरू
१०९ फराकिला गेस्टरुम, जसमा सुत्ने, काम गर्ने र रमाइलो गर्ने छुट्टाछुट्टै स्थान (जोन्स)
निःशुल्क तातो–चिसो ब्रेकफास्ट
२४ घण्टा खुल्ने ‘द मार्केट’
विशेष कफी, प्रिमियम बियर, वाइन र ककटेल पाइने ‘जिङ बार’
‘नेसेसिटिज’ कार्यक्रममार्फत उपलब्ध आवश्यक सामग्री
होटल र कोठामा निःशुल्क वाइ–फाइ
स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा र किड्स प्ले एरिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण