कांग्रेस संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला मध्य बानेश्वरमा जारी
सारांश
- नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरूको भेला महाधिवेशनबारे छलफलका लागि बानेश्वरमा बसिरहेको छ।
- पार्टीभित्र महाधिवेशन कहिले गर्ने भन्ने विषयमा विवाद चलिरहेको छ, जसले गर्दा केन्द्रीय समिति अनिर्णीत बनेको छ।
- संस्थापन पक्ष निर्वाचनपछि र महामन्त्रीहरू निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने अडानमा छन्।
काठमाडौँ । पार्टीभित्र महाधिवेशन कहिले गर्ने भन्ने विवाद चर्किरहेका बेलामा नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरूको भेला आइतबार मध्य बानेश्वरमा चलिरहेको छ ।
केन्द्रीय सदस्य किरणराज पौडेलका अनुसार पार्टीभित्र महाधिवेशनका सन्दर्भमा छलफलका लागि संस्थापन पक्षीय नेताहरूको भेला मध्य वानेश्वरस्थित सनराइज पार्टी प्यालेसमा भइरहेको हो ।
भेलामा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका ९० बढी केन्द्रीय सदस्यहरू सहभागी छन् ।
कांग्रेसमा फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अगाडि महाधिवेशन गर्ने कि पछाडि गर्ने भन्ने विषयमा विवाद छ ।
त्यसबाहेक नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने विवाद पनि छ । संस्थापन समूहले निर्वाचनको तयारी गर्नका लागि समय आवश्यक पर्ने भन्दै त्यसपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ भने मुख्यगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन अगाडि नियमित महाधिवेशन गर्नुपर्ने नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकमा पनि महामन्त्रीद्वयका तर्फबाट निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्ने र संस्थापनका तर्फबाट निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने प्रस्ताव प्रस्तुत भएको छ ।
दुवै पक्ष आ–आफ्ना अडानमा रहेपछि गत असोज २८ गतेबाट सुरु केन्द्रीय कार्यसमिति अनिर्णीत बन्दै आएको छ । केन्द्रीय कार्यसमिति बैठक सोमबारका लागि बोलाइएको छ ।
त्यो बैठकमा कसरी प्रस्तुत हुने भन्ने तयारीका लागि संस्थापन पक्षीय नेताहरूको बैठक बसिरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण