रञ्जु दर्शनाले भनिन्– हामी बिलाउन होइन, मिलाउन आएका हौँ
सारांश
- रञ्जु दर्शनाले रास्वपामा आफू बिलाउन नभई मिलाउन आएको बताइन्।
- उनले वैकल्पिक राजनीतिका संस्थापक उज्ज्वल थापाको प्रेरणाबाट राजनीति सुरु गरेको बताइन्।
- दर्शनाले वैकल्पिक शक्तिले बहुमत ल्याए देश आर्थिक उन्नतिमा पुग्ने धारणा राखिन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सँग एकीकरृत भएकी नेतृ रञ्जु दर्शनाले आफू बिलाउन नभई मिलाउन आएको जिकिर गरेकी छिन् । रास्वपा र विवेकशील साझा पार्टीबिच आइतबार राष्ट्रिय सभा गृहमा भएको एकता सभामा उनले उक्त कुरा बताएकी हुन् ।
वैकल्पिक राजनीतिका संस्थापक उज्ज्वल थापाको प्रेरणाबाट आफू १७ वर्षको कलिलो उमेरमा राजनीतिमा आएका भन्दै उनले आगामी निर्वाचनमा रास्वपाले बहुमत ल्याउनै पर्ने बताइन् ।
‘जसको आदर्शले मैले १७ वर्षको कलिलो उमेरमा राजनीति सुरु गरेको थिएँ । उज्ज्वल दाइले नाममा ल्याङल्याङ नगर काम गरेर देखाउन भन्नुहुन्थ्यो । आज हामीले त्यही गरेका छौँ । मिडियाका र एकता नचाहने साथीहरूले तिमीहरू बिलाउन गयौ भनिरहनुभएको थियो । हामी बिलाउन होइन, मिलाउन आएका हौँ । यो सबैले स्पष्टसँग सुन्नुहोला’, उनले भनिन् । उनले अबको राजनीति जुट्ने राजनीति हुने समेत बताइन् ।
दर्शनाले वैकल्पिक शक्तिले बहुमत ल्याए मात्र देश आर्थिक उन्नतिमा पुग्न सक्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण