शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलिउडको ‘धुरन्धर’ श्याडो पिक्चर्सले वितरण गर्ने

आइतबार, १४ मङ्सिर २०८२, २१ : ४८
आइतबार, १४ मङ्सिर २०८२

काठमाडौं । केही सयमअघि प्रदर्शनमा आएको फिल्म ‘आउटल दफा २१९’ निर्माण गरेको फिल्म कम्पनी ‘श्याडो पिक्चर्स’ले बलिउड फिल्म ‘धुरन्धर’ वितरण गर्ने भएको छ ।

श्याडोले फिल्मको नेपालमा मात्र वितरण जिम्मा पाएको हो । 

‘धुरन्धर’ निर्माण कम्पनी जियो स्टुडियोजले श्याडो पिक्चर्सलाई आफ्नो अधिकारिक विक्रेताको रूपमा मान्यतासमेत प्रदान गरेको छ । फिल्म वितरणका लागि श्याडो पिक्चर्सले भारतको मुम्बईमा पनि आफ्नो शाखा विस्तार गरेको छ । 

श्याडो पिक्चर्स र जियो स्टुडियोजबिचको यो सहकार्यले नेपालमा मात्र होइन,अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली फिल्महरूका लागि नयाँ ढोका खुला गरेको छ । जियोको विश्वव्यापी ओटिटी प्लेटफर्ममा अब नेपाली फिल्महरू पुग्ने छ । 

नेपाली फिल्मको बजार अन्तराष्ट्रिय स्तरमा पुर्‍याउन जियो स्टुडियोजबिच सहकार्य भएको श्याडो पिक्चर्सका अध्यक्ष अमित अग्रहरीले बताए । 

बलिउडका मल्टी स्टारकास्ट कलाकारहरूको अभिनय रहेको एक्सन–थ्रिलर फिल्म ‘धुरन्धर’ डिसेम्बर ५ मा विश्वव्यापी रूपमा रिलिज हुँदै छ । आदित्य धरको निर्देशनमा रहेको फिल्ममा रणवीर सिंह, संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारहरूको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप