एसीसी यू–१९ प्रिमियर कप फाइनल
नेपालको शानदार सुरुवात, पावर प्लेमै युएईकाे ४ विकेट झर्यो
सोमबार, १५ मङ्सिर २०८२, ११ : ५०
सारांश
- एसीसी यू-१९ पुरुष प्रिमियर कपको फाइनलमा नेपालले युएईविरुद्ध उत्कृष्ट सुरुवात गर्यो।
- नेपालले पहिलो पावर प्लेमा युएईका चार विकेट लिन सफल भयो।
- दयानन्द मण्डलले चार विकेट लिए, जसमा २ मेडन ओभर पनि समावेश थिए।
काठमाडौँ । एसीसी यू–१९ पुरुष प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक युएईविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । नेपालले पहिलो पावर प्ले (१० ओभर) मै युएईका चार विकेट लिन सफल भएको छ ।
अजमानस्थित कारवान मैदानमा टस जितेर पहिले बलिङ रोजेको नेपालले १० ओभरको पावर प्लेमा २६ रन खर्चेर चार महत्त्वपूर्ण विकेट लिएको हो ।
नेपालका लागि चारै विकेट तीव्र गतिका बलर दयानन्द मण्डलले लिएका हुन् । मण्डलले आफ्नो स्पेलमा पाँच ओभर बलिङ गर्दै २ मेडन ओभरसहित मात्र ९ रन खर्चिएर ४ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण