नेपाल एयरलाइन्सका चालक दलका सदस्य दोहा एयरपोर्टमा पक्राउ
सारांश
- नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई दोहामा सुन तस्करीको आरोपमा पक्राउ गरिएको छ।
- प्रहरीले तिवारीबाट आठ तोला सुन बरामद गरेको छ, जसका कारण उनलाई तीन महिनाका लागि निलम्बन गरिएको छ।
- यो घटना नोभेम्बर २९ मा भएको थियो, जतिबेला दोहा विमानस्थलमा उडान ढिला भएको थियो।
काठमाडौँ । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ। तिवारीबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त घटना नोभेम्बर २९ मा भएको हो । उडान नम्बर आरए २४० दोहाबाट काठमाडौँ आइपुग्ने तालिका थियो। दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीमा आठ तोला सुन भेटिएको जनाइएको छ ।
यसका कारण उडान लगभग ३५ मिनेटको लागि रोकिएको थियो । नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले यसको पुष्टि गरे।
नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले भने यो विषयमा आधिकारिक रूपमा आफूलाई जानकारी नभएको बताइन् । ‘मलाई आधिकारिक रूपमा यसबारे जानकारी छैन,’ उनले भनिन्, ‘आधिकारिक नभई मैले बोल्न मिल्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण