राजनीति
नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन माघ ३ र ४ गते
सोमबार, १५ मङ्सिर २०८२, १५ : ०२
सारांश
- नेकपा (संयुक्त) ले माघ ३ र ४ गते विशेष राष्ट्रिय सम्मेलन गर्ने भएको छ।
- सम्मेलनमा पार्टीका दस्तावेज र विधानहरू प्रस्तुत हुनेछन् ।
- घनेन्द्र बस्नेत, कृष्णप्रसाद भण्डारी, र खेमबन्धु कोइरालालाई वरिष्ठ नेतामा मनोनयन गरिएको छ।
काठमाडौँ । घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) आगामी माघ ३ र ४ गते विशेष राष्ट्रिय सम्मेलन गर्ने भएको छ । पार्टी एकतापछि आइतबार बसेको पहिलो संयुक्त बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष भुसालले माघमा विशेष सम्मेलन गर्ने निर्णय गरेको बताएका हुन् ।
सम्मेलनले पार्टीको अन्य दस्तावेज र विधानहरू ल्याउने पनि भुसालको भनाइ छ । त्यस्तै बैठकले घनेन्द्र बस्नेत, कृष्णप्रसाद भण्डारी, खेमबन्धु कोइरालालाई वरिष्ठ नेतामा मनोनयन गरेको छ ।
बैठकले चार जनाको दस्ताबेज मस्यौदा कमिटी गठन गरेको सो पार्टीले जनाएको छ । मस्यौदा कमिटीमा घनश्याम भुसाल, केदार शर्मा, विजय पौड्याल र डम्बर बुढाथोकी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण