सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
रुस-युक्रेन

रुस-युक्रेन युद्धविराम वार्ता सकारात्मक दिशामा : अमेरिकी विदेशमन्त्री रुबियो

सोमबार, १५ मङ्सिर २०८२, १६ : २७
सोमबार, १५ मङ्सिर २०८२

काठमाडौं । रुस-युक्रेन युद्ध अन्त्यका लागि भइरहेको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन् । 

अमेरिकाको फ्लोरिडामा युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का सचिव रुस्तम उमरोभ नेतृत्वको प्रतिनिधिमण्डल वार्ता भइरहेको हो । उक्त वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुशनर पनि सहभागी छन् । यसबारे जानकारी दिँदै विदेशमन्त्री रुबियोले वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको बताएका हुन् ।  

विटकफ अर्को साता रुससँग वार्ता गर्न मस्को जाने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भ्रष्टाचार विरोधी निकायले आफ्नो घरमा छामा पारेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका शीर्ष वार्ताकार एन्ड्री येर्माकले वार्ताकारको जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनको ठाउँमा जेलेन्स्कीले उमरोभलाई ल्याएका हुन् । 
युक्रेन-रुस युद्धको अन्त्यका लागि जसरी पनि युद्धविराम गराउने प्रयासमा ट्रम्प लागेको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप