कार्यसमितिको म्याद थप र महाधिवेशनको कार्यतालिका आएपछि विशेषको औचित्य सकियो : सहमहामन्त्री यादव
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित भएपछि विशेष महाधिवेशन माग गर्दै बुझाइएका हस्ताक्षरको औचित्य सकिएको बताएका छन् ।
सहमहामन्त्री यादवले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थपिसकेपछि विशेष महाधिवेशन गर्नुपर्छ भन्ने मागको औचित्य सकिएको बताएका हुन् ।
रातोपाटीसँग कुरा गर्दै यादवले भने, ’विशेष महाधिवेशन माग गरेको समयमा नियमित महाधिवेशनको कार्यतालिका आइसक्यो १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद सकिएर केन्द्रीय कार्यसमितिले दुई महिनाका लागि म्याद थपेको छ। यस्तो अवस्थामा विशेष महाधिवेशनको औचित्य सकियो ।’
विशेष महाधिवेशन माग्नेहरूको पहिलो माग निर्वाचन अगाडि महाधिवेशन भन्ने रहेकाले आफूहरू पुसमा महाधिवेशन गर्न सहमत भएको यादवले बताए । उनीहरूको माग बमोजिमै पुसमा नियमित महाधिवेशनको कार्यतालिका ल्याउन आफूहरू राजी भएको उनको भनाइ छ ।
यादवले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा कार्तिक १९ गते पार्टीको १५औँ महाधिवेशन वैशाख २७ गतेदेखि ३० गतेसम्म गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए। त्यो कार्यतालिका अनुसार महाधिवेशन गर्नुपर्ने कांग्रेसभित्रको संस्थापन पक्षको माग थियो ।
तर अन्तिम समयमा पार्टीमा सहमतिको मिलनबिन्दु खोज्दा पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकबाट सोमबार आएको हो ।
यादवले विशेष महाधिवेशनको औचित्य सकिएको बताए पनि विशेष महाधिवेशन पक्षधर भने महाधिवेशन सम्पन्न नहुँदासम्म औचित्य नसकिने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण