जनकपुरधाममा मिनापको नाटक घर उद्घाटन, ३ सय दर्शक क्षमता
जनकपुरधाम । मैथिली रंगमञ्चको क्षेत्रमा विगत चार दशकदेखि क्रियाशील संस्था मिथिला नाट्य कला परिषद् (मिनाप)को नवनिर्मित नाटक घर सोमबार उद्घाटन गरिएको छ ।
मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमल र प्रसिद्ध नाटककार महेन्द्र मलंगियाले संयुक्त रूपमा नाटक घरको उद्घाटन गरेका हुन् ।
जनकपुरधाम–४ मा करिब २ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको नाटक घरमा ३ सय दर्शक क्षमता रहेको मिनापका अध्यक्ष प्रमेश झाले जानकारी दिए । दैनिक रूपमा नाटक मञ्चन गर्ने उद्देश्यसहित संरचना तयार गरिएको र यसले मैथिली नाटक क्षेत्रको विकासमा टेवा पुग्ने उनले बताए ।
उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरूले नाटक घर सञ्चालनले कलाकारको जीविकोपार्जनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नाटक घर निर्माणमा सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो । साथै महेन्द्र मलंगियाद्वारा लिखित नाटक ‘छुतहा घैल’ प्रमेश झाको निर्देशनमा मिनापका कलाकारहरूले मञ्चन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
-
कानुनी आधारबिना लाखौँ अस्थायी लाइसेन्स छपाइ
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार
-
सङ्घीय बजेट बेलुन फुलेजस्तो, प्रदेश बजेट चाहिँ कस्तो ?
-
सडक निर्माण भ्रष्टाचार मुद्दामा निर्माण व्यवसायीसहित चार जनाले पाए सफाइ
-
विश्वविद्यालयका उपकुलपति उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण