विदेश पठाउने भन्दै १४ करोड १३ लाख ठगी अभियाेगमा एक जना पक्राउ
सोमबार, १५ मङ्सिर २०८२, २१ : ५८
सारांश
- विदेश पठाउने भन्दै १४ करोड १३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा शम्भु दयाल अग्रवाल रहेका छन्, जो मकवानपुरका हुन् र ललितपुरमा बस्दै आएका थिए।
- पीडितहरूबाट रकम लिएर सम्पर्कविहीन भएको उजुरीपछि उनलाई पक्राउ गरिएको हो।
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु १४ करोड १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने,“पक्राउ परेका शम्भुले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट रु १४ करोड १३ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा हिजो आइतबार पक्राउ गरिएको हो ।”
निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण