बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

आईपीएल २०२६ का लागि आफ्नो न्यूनतम मूल्य २ करोड भारु राख्ने यी हुन् ४५ खेलाडी

मङ्गलबार, १६ मङ्सिर २०८२, ११ : २७
मङ्गलबार, १६ मङ्सिर २०८२

सारांश

  • आईपीएल २०२६ का लागि विभिन्न खेलाडीले आफ्नो न्यूनतम मूल्य पेस गरेका छन्।
  • न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राख्ने खेलाडीको लामो सूची छ।
  • खेलाडीहरूलाई टिममा राख्न फ्रेन्चाइज व्यवस्थापनले बोली लगाउनुपर्ने छ।

मुम्बई । ‘इन्डियन प्रिमियर लिग’ (आईपीएल) २०२६ का लागि विभिन्न खेलाडीले आफ्नो न्यूनतम मूल्य पेस गरेका छन् । व्यावसायिक क्रिकेट लिगमा सबैभन्दा बढी आकर्षण बनेको आइपीएलको अक्सन अघि विभिन्न खेलाडीले आफ्नो न्यूनतम मूल्य तय गरेका हुन् ।

न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राख्नेमा ४५ खेलाडी छन् । यो सूचीमा रवि बिश्नोई, वेंकटेश अय्यर, मुजीब उर रहमान, नवीन उल हक, शन एबट, ऐश्टन एगर, कुपर कोनली, जेक फ्रेजर मक्गर्क, क्यामरन ग्रीन, जोश इङ्ग्लिस, स्टिभ स्मिथ छन् ।

यस्तै, मुस्तफिजुर रहमान, गस एटकिंसन, टम बेन्टन, टम करन, लियम डसन, बेन डकेट, डेरन लरेन्स, लियम लिविङ्ग्सटन, टाइमल मिल्स, जेमी स्मिथ, फिन एलन, माइकल ब्रेसवेल, डेभन कन्वे, ज्याकब डफीले पनि आफ्नो न्यूनतम मूल्य २ लाख भारतीय रुपैयाँ राखेका छन् ।

यसैगरी मेट हेनरी, काइल जेमिसन, एडम मिल्ने, डेरिल मिचेल, विलियम ओरुर्क, रचिन रविन्द्र, जेराल्ड कोएत्जी, डेविड मिलर, लुंगी एन्गिडी, अनरिख नोर्खिए, राइली रुसो, तबरेल शम्सी, डेविड विजे, वानिन्दु हसरंगा, मतिशा पथिराना, महिश तीक्षणा, जेसन होल्डर, शे होप, अकिल हुसेन र अल्जारी जोसेफले पनि आफ्नो न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखेका छन् ।

यी खेलाडीलाई आफ्नो टिममा राख्न फ्रेन्चाइज व्यवस्थापन पक्षले न्यूनतम दुई करोड भारुभन्दा माथिको बोली लगाउनुपर्ने छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप