शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : पुरानालाई धक्का दिने तयारीमा नयाँ दल, सरकारका निर्णयमा ब्रेक, हर्कले ल्याए घाेषणापत्र

मङ्गलबार, १६ मङ्सिर २०८२, २२ : ००
मङ्गलबार, १६ मङ्सिर २०८२

आज २०८२ मंसिर १६ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • सरकारका दुई निर्णयमा सर्वोच्चको रोक

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका दुई निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ ।

  • पुरानालाई धक्का दिने तयारीमा नयाँ दल

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नयाँ राजनीतिक दलहरू आ–आफ्नै ढंगले तयारी गरिरहेका छन् । 

  • प्रदेश प्रमुख र सभामुखपछि मुख्यमन्त्री गुमाउँदै एमाले 

यसअघि एमालेबाटै सभामुख रहेका रामचन्द्र मण्डल र एमालेको सिफारिसमा प्रदेश प्रमुख बनेकी सुमित्रा भण्डारी पदमुक्त भएका थिए । यी सबै घटनाको कारण एउटै हो– निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामापछि प्रदेशसभाको ठुलो दलको हैसियतमा एमालेका यादवलाई हतार–हतार मुख्यमन्त्रीमा नियुक्त गर्नु ।  

  • मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएको छ ।

सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा सार्वजनिक गरिएका २७ वटा विभिन्न निर्णयहरूमा महत्त्वपूर्ण नियुक्ति, आर्थिक नियमन, वैदेशिक सहायता र पूर्वाधार निर्माणसँग सम्बन्धित विषयहरू समेटिएका छन् ।

  • सरकारले नगद कारोबार सीमा किन घटायो, कस्तो पर्छ प्रभाव ? 

सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण गर्ने उद्देश्यले नगद कारोबारमा कडाइ गर्दै सीमा निर्धारण गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नगद कारोबारको सीमालाई खुम्च्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप