शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एनपीएल : पोखराको दोस्रो जित, कर्णाली बाहिरियो
LIVE UPDATES

LIVE UPDATES : एनपीएल : पोखराको दोस्रो जित, कर्णाली बाहिरियो

मङ्गलबार, १६ मङ्सिर २०८२, १८ : २२
Live

काठमाडौँ । पोखरा एभेन्जर्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्समाथि सहज जित निकालेको छ ।  

मंगलबार भएको खेलमा पोखराले कर्णाली याक्समाथि ३४ रनको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६७ रन बनायो । 

आजको खेलमा जित निकाल्दै पोखराले पाँच खेलबाट ४ अङ्क जोडेको छ । पराजित कर्णालीको ६ खेलबाट २ अङ्क छ । 

पराजित कर्णालीको ६ खेलबाट २ अङ्क छ । यता कर्णाली भने बाहिरिएको छ । 

एनपीएल : पोखराको दोस्रो जित, कर्णाली बाहिरियो

पोखराका लागि रोसिङ्टोनले शतकीय पारी खेले । ५७ बल खेलेका उनले ११ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै जेसन रोयले ४६ रन बनाउँदा धनन्जय लक्सनले २३ रनको योगदान गरे । पोखराका कप्तान कुशल भुर्तेलले १८ रन जोडे । 

कर्णालीका लागि मार्क वाट र नन्दन यादवले एक एक विकेट लिए । आजको खेलमा जित निकाल्दै पोखराले पाँच खेलबाट ४ अंक जोडेको छ । पराजित कर्णालीको ६ खेलबाट २ अंक छ ।

एनपीएल : लगातार विकेट गुमाउँदै कर्णाली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध लगातार सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा मंगलबार पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले कप्तान सोमपाल कामीलाई आठौँ विकेटको रूपमा गुमाएको हो । 

कामीलाई पोखराका ऋषि धावनले १३ रनमा क्याच आउट गराएका हुन् ।

पोखरालाई छैटौँ सफलता, धवनले लिए विकेट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध छैटौँ सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा मंगलबार पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले नजमउल्लाह जर्दानलाई पाँचौँ विकेटकाे रूपमा गुमाएको हो । 

जर्दानलाई पोखराका ऋषि धावनले २४ रनमा क्याच आउट गराएका हुन् ।

कप्तान कुशलले लिए कर्णालीको पाँचौँ विकेट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध पाँचौं सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा मंगलबार पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले गुलशन झालाई पाँचौं विकेटको रुपमा गुमाएको हो । 

गुलशनलाई भुर्तेलले ९ रनमा क्याच आउट गराएका हुन् ।

एनपीएल : पोखरालाई चौथो सफलता, पवन १९ रनमा आउट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध चौथो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा मंगलबार पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले पवन सरार्फलाई चौथो विकेटकाे रूपमा गुमाएको हो ।

पवनलाई ऋषि धवनले १९ रनमा क्याच आउट गराएका हुन् ।

कर्णालीले १० ओभरमा बनायो ९५ रन

काठमाडौँ । कर्णाली याक्सका मार्क वाटले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध १० ओभरमा ९५ रन पूरा गरेको छ । 

त्रिवि क्रिकेट मैदानमा मंगलबार पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले १० ओभरमा तीन विकेट गुमाउँदै ९५ रन बनाएको हो ।

पोखराका लागि अहिले स्ट्राइकमा पवन सरार्फ र नाजिवउल्लाह जर्दान रहेका छन् ।

कर्णालीका मार्क वाट ५९ रनमा आउट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध तेस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा मंगलबार पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले मार्क वाटलाई तेस्रो विकेटको रूपमा गुमाएको हो । 

मार्क वाटलाई पोखराका किरण ढगुन्नाले ५९ रनमा क्याच आउट गराए ।

सन्दीपले दिलाए पोखरालाई दोस्रो सफलता

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध दोस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा मंगलबार पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले जयकिशान कोल्सावालालाई दोस्रो विकेटको रूपमा गुमाएको हो । 

मार्क वाटले पूरा गरे अर्धशतक

काठमाडौँ । कर्णाली याक्सका मार्क वाटले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि उनले २२ बलमा अर्धशतक पूरा गरेका हुन् । 

उनले २२ बलमा ३ चौका र ५ छक्का प्रहार गरे ।

पोखरालाई पहिलो सफलता, प्रियांक पञ्चल आउट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध पहिलो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा मंगलबार पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले प्रियांक पञ्चललाई पहिलो विकेटको रूपमा गुमाएको हो । 

पञ्चललाई पोखराका धनन्जय लक्षणले १६ रनमा क्याच आउट गराएका हुन् ।

एनपीएल : रोसिङ्टोनको शतकमा पोखराद्वारा कर्णालीलाई २०२ रनको लक्ष्य

काठमाडौँ । एडम रोसिङटोनको शतकको सहयोगमा पोखरा एभेन्जर्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २०१ रन बनायो । 

पोखराका लागि रोसिङटोनले शतकीय पारी खेले । ५७ बल खेलेका उनले ११ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै जेसन सेयले ४६ रन बनाउँदा धनन्जय लक्सनले २३ रनको योगदान गरे । पोखराका कप्तान कुशल भुर्तेलले १८ रन जोडे । 

एनपीएलमा तेस्रो शतक

काठमाडौँ । एडम रोसिङ्टोनले पोखरा एभेन्जर्सका लागि दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराका लागि उनले मंगलबार ५५ बलमा शतक पूरा गरेका हुन् ।

यसअघि कर्णाली याक्सका मार्क वाटले शतक प्रहार गरेका थिए । त्यसअघि एनपीएलको पहिलो संस्करणमा आन्द्रेश गौसले शतक प्रहार गरेका थिए ।

कर्णालीलाई दोस्रो सफलता, ४६ रनमा आउट भए जेसन रोय

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले पोखरा एभेन्जर्सविरुद्ध दोस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको पोखराले जेसन रोयलाई दोस्रो विकेटकाे रूपमा गुमाएको हो । 

रोयलाई कर्णालीका नन्दन यादवले ४६ रनमा क्याच आउट गराएका हुन् । यो विकेटसँगै पोखराले १७ ओभरको समाप्तिमा दुई विकेट गुमाउँदै १६१ रन बनाएको छ ।

पोखराका लागि रोसिङ्टोनको अर्धशतक

काठमाडौँ । एडम रोसिङ्टोनले पोखराका लागि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको पोखराका लागि रोसिङ्टोनले ३० बलमा अर्धशतक पूरा गरेका हुन् । 

रोसिङ्टनले ३० बलमा ७ चौका र २ छक्का प्रहार गरेर ५० रन पूरा गरे ।

पोखराले १० ओभरमा बनायो ८५ रन

काठमाडौँ । पोखरा एभेन्जर्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सविरुद्ध १० ओभरमा ८५ रन बनाएको छ । 

त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १० ओभरमा एक विकेट गुमाउँदै ८५ रन बनाएको हो । 

पोखराका लागि एडम रोसिङ्टनले ४९ रन बाएर क्रिजमा छन् भने जेसन रोयले १८ रन बनाएर खेलिरहेका छन् ।

एनपीएल : कर्णालीलाई पहिलो सफलता, कप्तान कुशल आउट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले पोखरा एभेन्जर्सविरुद्ध पहिलो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको पोखराले कप्तान कुशल भुर्तेललाई पहिलो विकेटको रूपमा गुमाएको हो । 

कुशललाई कर्णालीका मार्क वाटले १८ रनमा क्याच आउट गराएका हुन् । 

एनपीएल : कर्णालीले पोखराविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । 

त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएका हुन् । आजको खेलमा जित निकाल्दै कर्णाली प्लेअफमा आफ्नो सम्भावना जीवित राख्ने योजनामा छ । 

कर्णालीले लिगमा ५ खेलबाट २ अङ्क जोडेको छ । यता लिगमा ४ खेल खेलेको पोखराको पनि २ अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया