हर्क साम्पाङको पार्टीबाट सांसद मन्त्री बने सांसद पद स्वतः निलम्बन
सारांश
- धरानका मेयर हर्क साम्पाङको पार्टीले सांसद मन्त्री बन्न नपाउने प्रस्ताव अघि सारेको छ।
- पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र फरक लिङ्गको उपराष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ।
- घोषणापत्रमा आईएनजीओ खारेज गर्ने, सैनिक तालिम अनिवार्य गर्ने र वैवाहिक अङ्गीकृत नागरिकतासम्बन्धी नीतिहरू छन्।
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले सांसदहरू मन्त्री बन्न नपाउने प्रस्ताव अघि सारेको छ ।
हालै निर्वाचन आयोगमा दर्ता भएको सो पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै यदि पार्टीबाट निर्वाचित कुनै सांसद मन्त्री बनेमा उसको सांसद पद स्वतः निलम्बन हुने व्यवस्था गर्ने जनाएको हो ।
सांसदको मुख्य काम कानुन बनाउने भएको भन्दै पार्टीले मन्त्री बन्नका लागि सम्बन्धित क्षेत्रको विज्ञ हुनुपर्ने एजेन्डा अघि सारेको छ । पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रस्ताव गर्दै राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग र जातिको हुनुपर्ने बताएको छ ।
‘हर्कवाद’ लाई मूल राजनीतिक दर्शन मानेको यस पार्टीले शिक्षा र राष्ट्रियताका विषयमा पनि कडा नीतिहरू प्रस्ताव गरेको छ ।
जसअनुसार कक्षा १२ उत्तीर्ण गरेपछि अनिवार्य सैनिक तालिम लिएर मात्र उच्च शिक्षा हासिल गर्न पाइनेछ भने विद्यालयमा साताको ३ दिन मात्र सैद्धान्तिक पढाइ र बाँकी ४ दिन उत्पादनमूलक काममा लगाइनेछ ।
घोषणापत्रमा नेपालमा रहेका सम्पूर्ण आईएनजीओहरू खारेज गर्ने, सीमा सुरक्षामा सेना खटाउने र वैवाहिक अङ्गीकृत नागरिकताका लागि ५ वर्ष अनिवार्य बसोबासको सर्त राखिएको छ ।
साथै, सरकारी कर्मचारीले गल्ती गरेमा सरुवा नभई सिधै बर्खास्त गर्ने र श्रमदानलाई राष्ट्रिय नीतिको रूपमा लागु गर्ने पार्टीको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण