बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एनपीएल : जनकपुरको पहिलो जित, चितवन हार्‍याे
LIVE UPDATES

LIVE UPDATES : एनपीएल : जनकपुरको पहिलो जित, चितवन हार्‍याे

मङ्गलबार, १६ मङ्सिर २०८२, १४ : ५३
Live

काठमाडौँ । साविकको विजेता टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर  लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । 

मंगलबार भएको खेलमा जनकपुरले चितवन राइनोजमाथि ६ विकेटको जित निकाल्दै पहिलो जित दर्ता गरेको हो । 

एनपीएल : चितवनलाई हराउँदै जनकपुरको पहिलो जित

काठमाडौँ । साविकको विजेता टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर  लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । 

मंगलबार भएको खेलमा जनकपुरले चितवन राइनोजमाथि ६ विकेटको जित निकाल्दै पहिलो जित दर्ता गरेको हो । त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर ३ बलमा मात्र चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । 

जनकपुरका लागि अनिल शाहले ६१ रनको अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । जनकपुरका माज शदागदले ६३ रनको अर्धशतकीय पारी खेले । ३० बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै आसिफ शेखले १८ रन बनाए । 

एनपीएल : चितवनले लियाे एकै ओभरमा जनकपुरकाे दुई विकेट

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले तेस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा मङ्गलबार चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले जान निकोल स्टोनलाई दोस्रो विकेटको रूपमा गुमाएको हो । 

स्टोन ११ रनमा रन आउट भएका हुन् । १६ औँ ओभरको पहिलो बलमा रन आउट मार्फत विकेट गुमाएको जनकपुरले १६ औँ ओभरको तेस्रो बलमा अनिल शाह ६१ रनमा क्याच आउट भए । 

एनपीएल : चितवनविरुद्ध अनिलको अर्धशतक

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सका अनिल शाहले अर्धशतक प्रहार गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा मङ्गलबार चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरका लागि उनले २८ बलमा अर्धशतक बनाएका हुन् । 

अनिलले २८ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए । 

जनकपुरको १० ओभरमा ११० रन, शदागदको अर्धशतक पूरा

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध १० ओभरमा ११० रन बनाएको छ । 

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १० ओभरमा एक विकेट गुमाउँदै ११० रन बनाएको हो ।

जनकपुरका माज शदागदले अर्धशतक पनि पूरा गरेका छन् । उनी २४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५१ रनमा खेलिरहेका छन् । 

कमलले दिलाए चितवनलाई पहिलो सफलता

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले पहिलो सफलता हात पारेको छ । 

मंगलबार जारी खेलमा त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले आसिफ शेखको रुपमा पहिलो विकेट गुमाएको हो । 

आसिफलाई चितवनका कमल सिंह ऐरीले १८ रनमा बोल्ड आउट गराएका हुन् ।

डेभिड र अर्जुनको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ । डेभिड मलान र अर्जुन साउदको अर्धशतकको मद्दतमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलको मंगलबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाउन सक्यो ।

रुपेशले लिए जनकपुरका लागि तेस्रो विकेट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको जनकपुरबोल्ट्सले चितवन राइनोजविरुद्ध तेस्रो सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपराको रुपमा तेस्रो विकेट गुमाएको हो । 

उनलाई जनकपुरका रुपेश सिंहले ३ रनमा क्याच आउट गराएका हुन् । 

अर्धशतक बनाएर आउट भए अर्जुन

काठमाडौँ । चितवन राइनोजका अर्जुन साउदले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनका लागि अर्जुनले ३७ बलमा अर्धशतक पूरा गरेका हुन् । 

उनले ३७  बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए । उनी ३९ बलमा ५२ रन बनाउँदै क्याच आउट भए । 

जनकपुरविरुद्ध डेभिड मलानको अर्धशतक

काठमाडौँ । चितवन राइनोजका डेभिड मलानले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनका लागि डेभिडले ३८ बलमा अर्धशतक पूरा गरेका हुन् । 

उनले ३८ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५१ रन बनाए ।  यो अर्धशतकसँगै चितवनले १२ ओभरको समाप्तिमा ९८ रन बनाएको छ । चितवनको अहिलसम्म विकेट झरेको छैन ।

चितवनले १० ओभरमा बनायो ७६ रन

काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको आफ्नो महत्वपूर्ण खेलमा जनकपुरबोल्ट्सविरुद्ध १० ओभरमा ७६ रन बनाएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले १० ओभरमा विना विकेटको क्षतिमा ७६ रन बनाएको हो । 

चितवनका लागि अहिले क्रिजमा रहेका डेविड मलानले ४४ रन बनाएर खेलिरहेका छन् भने अर्जुन साउदले ३२ रन बनाएर खेलिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया