गगन थापाले उठाए महाधिवेशनको तालिका र समय 'ग्याप'बारे प्रश्न
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकामा राखिएको समय ‘ग्याप’बारे प्रश्न उठाएका छन् । कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्नेगरी कार्यतालिका सर्वसम्मत पारित गरेको थियो ।
तालिकामा समावेश गरिएको अधिवेशनमा समयको ग्यापबारे महामन्त्री थापाले बैठकमा लिखित अतिरिक्त प्रस्तावमार्फत प्रश्न उठाएको उनको सचिवालयले जनाएको छ ।
थापाले लिखित अतिरिक्त प्रस्तावमा लेखेका छन्, ‘नियमित महाधिवेशन जुनसुकै हालतमा हुनुपर्यो । यदि कुनै कारणले नियमित महाधिवेशन नहुने भयो भने स्वत: विशेष महाधिवेशन हुनेछ ।’
उनले हस्ताक्षर फिर्ता गराएर मात्र महाधिवेशनको कार्यतालिका ल्याउने अडानमा संस्थापन पक्ष रहेपनि अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित आफूले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नहुने अडानमा राखेपछि संस्थापन यो कार्यतालिका ल्याउन बाध्य भएको उल्लेख गरेका छन् । थापाले यो कार्यतालिका सफलतापूर्वक कार्यान्वयन गर्न आफूले इमान्दारीपूर्वक काम गर्ने पनि बताएका छन् ।
कार्यतालिकाअनुसार काम भएन भने विशेष महाधिवेशन हुने उनको प्रस्तावमा उल्लेख छ । ‘कथंकदाचित पौष महिनाभित्र कार्यतालिका बमोजिम १५ औं अधिवेशन कुनै कारण वा नियतले नहुने देखिन आएमा हामीले पौषको अन्तसम्म कुरिराख्नु पर्दैन, पौष महिनाको उपयुक्त समयमा नै निर्णय गरेर विशेष महाधिवेशन गर्नेतर्फ लाग्नु पर्दछ,’ थापाले राखेको प्रस्तवमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण