अब सवारी साधनलाई वातावरणमैत्री बनाउन इन्धन प्रणाली फेरबदल गर्न पाइने
सारांश
- सरकारले सवारी साधनको इन्धन प्रणाली परिवर्तन गर्न कानुनी बाटो खुला गरेको छ।
- भौतिक पूर्वाधार मन्त्रालयले 'सवारी तथा यातायात व्यवस्था ऐन, २०४९' मा ३ वर्षको छुट दिने निर्णय गरेको छ।
- अब परम्परागत इन्धनका सवारीलाई विद्युतीय वा ऊर्जा दक्षतामूलक प्रणालीमा बदल्न सकिनेछ।
काठमाडौँ । सरकारले सवारी साधनको इन्धन प्रणालीमा परिवर्तन गरी वातावरणमैत्री बनाउन चाहनेहरूका लागि कानुनी बाटो खुला गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को केही प्रावधानमा तीन वर्षका लागि छुट दिने निर्णय गरेको हो । यो निर्णयसँगै अब परम्परागत इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय वा ऊर्जा दक्षतामूलक प्रणालीमा रूपान्तरण गर्न सकिने भएको छ ।
यसअघि ’सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा ३९ ले सवारी साधनको मौलिक स्वरूप र यान्त्रिक संरचना परिवर्तनमा कडाइ गरेको थियो । सोही दफाको उपदफा (२) मा रहेको प्रतिबन्धात्मक वाक्यांशले सवारी साधन निर्माण हुँदाको स्वरूप, इन्जिन वा चेसिसमा हेरफेर हुने गरी स्वीकृति नदिने व्यवस्था गरेको थियो ।
यही कानुनी प्रावधानका कारण पेट्रोल वा डिजेलबाट चल्ने सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक ऊर्जा प्रणालीमा रूपान्तरण गर्न कानुनी अड्चन रहँदै आएको थियो । पुरानो व्यवस्थाले सवारीको इन्जिन नै फेर्ने गरी हुने कुनै पनि परिवर्तनलाई पूर्ण रूपमा निषेध गरेको थियो ।
तर सरकारले सोही ऐनको दफा १७६ ले दिएको ‘बाधा अड्काउ फुकाउने’ अधिकार प्रयोग गर्दै पुरानो प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो बनाएको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार अब ‘इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा’ दफा ३९ को उपदफा (२) को प्रतिबन्ध तीन वर्षसम्म लागू हुने छैन । यसको अर्थ यदि कोही सवारी धनीले आफ्नो सवारीलाई वातावरणमैत्री बनाउन चाहन्छ भने उसले इन्जिन वा इन्धन प्रणाली फेरबदल गर्न कानुनी अनुमति पाउने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण