देउवाले युवाहरूसँग भने : महाधिवेशनमार्फत पार्टीलाई एक ढिक्का बनाउन पहल गर्नुस्
सारांश
- शेरबहादुर देउवाले पार्टीलाई १५ औँ महाधिवेशनमा एक ढिक्का बनाउन आग्रह गरे।
- देउवाले युवाहरूको केन्द्रीय समितिमा सहभागिता सुनिश्चित गर्न आग्रह गरे।
- नेपाली कांग्रेसका सभापति देउवासँग युवा नेताहरूले भेटघाट गरेका थिए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ औँ महाधिवेशनमा पार्टीलाई एक ढिक्का बनाउन आग्रह गरेका छन् । आफ्नै निवास महाराजगन्जमा बुधबार भेट्न पुगेका पार्टी निकट युवाहरूलाई देउवाले महाधिवेशनमार्फत केन्द्रीय समितिमा युवाको सहभागिता सुनिश्चित हुने वातावरण निर्माण गर्न पनि आग्रह गरे ।
देउवालाई भेट्न नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष रञ्जित कर्ण, दीपक भट्टराई, नविन राई, शिव रिमाल, पुष्प शाही मनहरि श्रेष्ठलगायत पुगेका थिए ।
देउवासँगको भेटमा सहभागी रिमालले घोषित मितिमा महाधिवेशन अनिवार्य हुने र त्यसमा पार्टीलाई एक ढिक्का बनाउने विषयमा भूमिका खेल्न आग्रह गरेको जानकारी दिए ।
‘सभापति शेरबहादुर देउवासँग भेटघाट गर्न गएका थियौँ । उहाँले नेपाली कांग्रेस नियमित १५ औँ महाधिवेशन २०८२ पुस २६ देखि २८ गतेसम्म अनिवार्य सम्पन्न हुने बताउनुभयो,’ रिमालले रातोपाटीसँग भने, ‘महाधिवेशनमा पार्टीलाई एक ढिक्का बनाई युवालाई अगाडी बढाउने वातावरण निर्माण गर्न पहल गर्नुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण