साफ महिला क्लब च्याम्पियनसिप : एपीएफसहित पाँच देशका क्लब भिड्दै
सारांश
- साफ महिला क्लब च्याम्पियनसिप मङ्सिर १९ देखि काठमाडौँमा सुरु हुँदैछ, पुस ५ गतेसम्म चल्नेछ।
- प्रतियोगितामा ५ देशका च्याम्पियन क्लबहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
- विजेताले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।
काठमाडौँ । साफ महिला क्लब च्याम्पियनसिप मङ्सिर १९ गतेदेखि काठमाडौँको दशरथ रंगशालामा सुरु हुँदैछ। यो प्रतियोगिता पुस ५ गतेसम्म सञ्चालन हुनेछ।

दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोर्टस् एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै क्लबले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने जनाएका छन्।

च्याम्पियनसिपअघि बिहीबार एन्फा कम्प्लेक्समा आयोजित प्रि-म्याच कन्फ्रेन्समा नेपालको एपीएफ महिला फुटबल टिमकी कप्तान अनिता बस्नेतले पहिलो पटक नेपालमा साफ महिला क्लब च्याम्पियनसिप हुन लागेकोमा आफूहरू उत्साहित रहेको र जितको लक्ष्यका साथ तयारी भएको बताइन्।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी भिड्नेछन्। दोस्रो खेलमा एपीएफ क्लबले नसरिन स्पोर्ट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।
च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर पाउनेछन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण