धोबीखोला करिडोरमा दुर्घटना बढेपछि स्थानीयले राख्न थाले रेलिङ
सारांश
- काठमाडौँको धोबीखोला करिडोरमा बारम्बार दुर्घटना भएपछि स्थानीयले रेलिङ बनाउन सुरु गरेका छन्।
- धोबीखोलामा रेलिङ नहुँदा दुर्घटना बढेको र दुई जनाको मृत्यु भइसकेको छ।
- सरोकारवाला निकायले चासो नदेखाएपछि स्थानीय व्यवसायी र समाजसेवीले रेलिङ निर्माण थालेका हुन्।
काठमाडौँ । काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा बारम्बार दुर्घटना हुन थालेपछि स्थानीय व्यवसायी तथा समाजसेवीहरूले आफ्नै खर्चमा रेलिङ राख्न सुरु गरेका छन्।
धोबीखोला करिडोरमा रेलिङ नहुँदा रातको समयमा रुद्रमति पुलनजिक दुर्घटना बढेको र अहिलेसम्म दुई जनाको मृत्यु समेत भइसकेकोले स्थानीयहरूले यो काम थालेका हुन्। पुलनजिकको बाटोमा रेलिङ नहुँदा रातको समयमा झुक्किएर खोलामा खस्ने घटना बढेको स्थानीयहरूले जनाएका छन्।
बारम्बार दुर्घटना हुँदा पनि सरोकारवाला सरकारी निकायले चासो नदेखाएपछि आफूहरू मिलेर रेलिङ राख्न सुरु गरिएको व्यवसायी मोहन भण्डारीले बताएका छन्।
यसअघि बिहीबार बिहान मात्रै रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा एक व्यक्ति साइकलसहित मृत फेला परेका थिए। उनी रातको समयमा साइकलबाट यात्रा गर्दा झुक्किएर खोलामा खसेको पाइएको प्रहरीले जनाएको छ। यसअघि पनि कार, ट्याक्सी, मोटरसाइकल र पैदल यात्रुहरू खोलामा खसिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण