चालु आर्थिक वर्षमा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु, मुख्य कारण चालकको लापरबाही
काठमाडौँ । चालु आर्थिक वर्षमा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ । शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।
आर्थिक वर्ष ०७९–०८० मा १० हजार ६ सय ७५, आ.व.०८०–०८१ मा ८ हजार ८ सय ८१ र आ.व. ०८१–०८२ मा ७ हजार १ सय ६९ दुर्घटना भएको प्रहरीले जनाएको छ । कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक दुर्घटनाको सङ्ख्या वर्षेनी घट्दै गएपनि मृत्युदर बढिरहेको बताए । सडक दुर्घटनाका कारण मृत्युदर ७.३४ प्रतिशत बढेको जानकारी दिए ।
सबैभन्दा धेरै दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको उनले बताए । तीव्र गति, लापरबाही, मादक पदार्थ सेवन गर्ने, नियमको पालना नगर्ने, क्षमता भन्दा बढी यात्रुहरू राख्ने, आफ्नो गाडीको नियमित रूपमा मर्मतसम्भार नगर्ने कारणले पनि धेरै दुर्घटना भएका छन् ।
महिनामा माघ र फागुन र बारमा शुक्रवार र बुधवार बढी दुर्घटना हुने गरेको प्रहरीको तथ्याङ्क छ । बढी दुर्घटना हुनेमा दुई पाङ्ग्रे सवारीसाधन रहेको सुवेदीले बताए ।
उनले रात्रीकालीन समयमा दुर्घटना बढेकाले काठमाडौँ उपत्यकासमित विभिन्न स्थानमा तीव्र गति न्युनिकरणमा लागेको बताए । जेन–जी आन्दोलनका कारण प्रहरी कार्यालयहरु जलेर नष्ट हुँदा समस्या व्यहोरिरहनुपरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण