शुक्रबारदेखि न्याय सेवामा एक सचिव पद रिक्त
शुक्रबार, १९ मङ्सिर २०८२, ११ : ५२
काठमाडौँ । शुक्रबारबाट न्याय सेवाको कानुन समूहमा एक सचिव पद रिक्त भएको छ । बिहीबार रातिदेखि कानुन समूहका सचिव फणीन्द्र गौतम अनिवार्य अवकाशमा गएका हुन् ।
उनी ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए ।
२०८० भदौं २१ गते नेपाल न्याय सेवा कानुन समूहको सचिवमा बढुवा भएका गौतमले दुई वर्ष ३ महिना सचिव भएर काम गरेका थिए ।
गौतम अवकाशमा गएपछि रिक्त भएको सचिव पदमा कानुन समूहका सहसचिव कलानिधि पौड्याल र पुष्कर सापकोटामध्ये एक जना सचिवमा बढुवा हुने सम्भावना रहेको निकटस्थहरू बताउँछन् ।
मङ्सिरमा नै मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण