चालक र सहचालकलाई सकारात्मक दृष्टिले हेरौँ : मन्त्री गुप्ता
सारांश
- युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासन जीवन व्यवहारमा अपनाउनुपर्ने बताए।
- उनले चालक र सहचालकलाई जिम्मेवार बनाउन सके दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने बताए।
- काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले 'लिमिट द स्पिड सेभ द लाइफ' अभियानको शुभारम्भ गरेको छ।
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासन जीवन व्यवहारमा अपनाउनुपर्ने बताएका छन् । शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ‘लिमिट द स्पिड सेभ द लाइफ’ अभियानको शुभारम्भ गर्दै मन्त्री गुप्ताले भने, ‘चालक र सहचालकलाई सकारात्मक दृष्टिले हेर्नुपर्छ ।’
चालक र सहचालकप्रति राज्यका निकाय र सरोकारवालाहरू सकारात्मक भएमा दुर्घटना न्यूनीकरणमा त्यसले सहयोग पुग्ने उनले बताए । गुप्ताले भने– ‘चालक र सहचालकलाई जिम्मेवार बनाउन सकेमा दुर्घटना न्यूनीकरण गर्न ठुलो सहयोग पुग्छ ।’
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले ‘लिमिट द स्पिड सेभ द लाइफ’ अभियानको शुभारम्भ गरेको छ । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस–२०२५ को अवसरमा युवा परिषद्सँगको समन्वयमा सचेतना कार्यक्रम मार्फत अभियान सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
सडक दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले दुर्घटना कम गर्न चालकलाई नै जिम्मेवार बनाउनुपर्ने बताए । उनले भने– ‘स्टेरिङ चालकको हातमा हुन्छ त्यसैले दुर्घटना न्यूनीकरण गर्न चालकलाई नै जिम्मेवार बनाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण