बालिकालाई जबरजस्ती करणी गरी फरार प्रतिवादी ९ वर्षपछि पक्राउ
शुक्रबार, १९ मङ्सिर २०८२, १३ : ४२
सारांश
- स्याङ्जामा जबरजस्ती करणी मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा ५७ वर्षीय मेग बहादुर भुजेल रहेका छन्, जसलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
- भुजेललाई अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो र फैसला कार्यान्वयनका लागि उनलाई कारागार पठाइएको छ।
स्याङ्जा । जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साबिक पुतलीबजार नगरपालिका-८ हाल सोही नगरपालिका-१४ पिपलडाली बस्ने ५७ वर्षीय मेग बहादुर भुजेल रहेका छन् । प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
भुजेलले २०६९ भदौ २७ गते पुतलीबजार नगरपालिका-१४ स्थित वनमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको घटनामा जिल्ला अदालत स्याङ्जाको २०७३ मंसिर २३ गतेको फैसलाले १५ वर्ष कैद सजाय ठहर गरेको थियो ।
अदालतको फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेस गरिएको थियो । अदालतको आदेशअनुसार उनलाई अहिले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण