हाइप्रोफाइलमाथि धम्की प्रकरण : सोधपुछका लागि ३ जना नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई सहित १० जना हाइप्रोफाईललाई धम्की दिने समूहका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई सोधपुछको लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
आफूलाई उग्रवादी संगठनको अध्यक्ष बताउने युवकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर १० जना हाइप्रोफाइललाई ‘सफाया’ गर्ने धम्की दिएका थिए । ती युवकले लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका हुन् ।
मङ्सिर १७ मा उपत्यका प्रहरी कार्यालयले धम्की दिइएका व्यक्तिहरूको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरेको थियो । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले प्रमुख आयुक्त राई सहित १० जनाको निवासस्थान, भ्रमण मार्ग र कार्यक्रमस्थलमा निगरानी बढाउन सर्कुलर गरेको हो ।
सामाजिक सञ्जाल फेसबुकमा ‘प्रकाश पाठक’ नामको आइडीमार्फत धम्कीको भिडियो सार्वजनिक भएको थियो । पाठकसँग सम्पर्कमा देखिएका ३ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।
उग्रवादी समूह बताउने युवकबारे अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी रमेश थापाले बताएका छन् । आफूलाई एक्ट्रीमिस्ट ग्रुप अफ नेपालको अध्यक्ष बताउँदै ती युवकले भनेका छन्, ‘अख्तियार प्रमुखलाई खुरुक्क राजीनामा गर्न अनुरोध छ अन्यथा १० दिनभित्र हामी सक्काइदिन्छौँ ।’
ती युवकले आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको तर, आफू भारतमा रहेको जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण