बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तस्बिरमा साफ महिला क्लब च्याम्पियनसिपको उद्घाटन खेल

शुक्रबार, १९ मङ्सिर २०८२, १६ : २६
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • साफ महिला क्लब च्याम्पियनसिपमा कराची सिटी एफसी र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेले।
  • काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलको अवसर गुमाए।
  • प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान र पाकिस्तानका क्लबहरुको सहभागिता रहेको छ।

काठमाडौँ । साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अङ्क बाँडेका छन् । 

SAFF Club championship_NPL (12)

काठमाडौँको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले  गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन् ।

SAFF Club championship_NPL (2)

पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोर्ट्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी छन् ।

SAFF Club championship_NPL (9)

सिंगल राउण्ड रोविनका आधारमा खेली प्रथम र द्वितीय स्थान हासिल गर्ने दुई टोलीबिच फाइनल खेल हुने एन्फाले जनाएको छ ।

SAFF Club championship_NPL (3)

प्रतियोगिताको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

fcSAFF championship_NPL (1)SAFF championship_NPL (2)SAFF championship_NPL (3)SAFF championship_NPL (4)SAFF championship_NPL (5)SAFF championship_NPL (6)SAFF championship_NPL (7)SAFF championship_NPL (8)SAFF championship_NPL (9)SAFF championship_NPL (10)SAFF championship_NPL (11)SAFF championship_NPL (12)SAFF championship_NPL (13)SAFF championship_NPL (14)SAFF championship_NPL (15)SAFF championship_NPL (16)SAFF championship_NPL (17)SAFF championship_NPL (18)SAFF championship_NPL (19)SAFF Club championship_NPL (1)SAFF Club championship_NPL (4)SAFF Club championship_NPL (5)SAFF Club championship_NPL (6)SAFF Club championship_NPL (7)SAFF Club championship_NPL (8)SAFF Club championship_NPL (10)SAFF Club championship_NPL (11)

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप