जनतासँग गरिएका प्रतिवद्धताहरु पूरा गर्न सकिँदैन कि भन्ने डर लाग्छ : सुनिता डंगोल
सारांश
- उपमेयर सुनिता डंगोलले वाचा पूरा गर्न नसक्दा डर लाग्ने बताएकी छिन्।
- उनले सामूहिक छलफलबाट मात्रै काम अघि बढाउनुपर्ने बताइन् र स्वास्थ्य स्वयंसेविकाहरूको प्रशंसा गरिन्।
- उपमेयरले स्वास्थ्य बीमाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाइन्।
काठमाडौँ । काठमाडौँ उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनतासँग गरिएका वाचाहरू पूरा गर्न नसक्दा आफूलाई डर लाग्ने गरेको बताएकी छन् । १४औँ काठमाडौँ महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् ।
उपमेयर डंगोलले सामूहिक रूपमा सल्लाह गरेर मात्रै अघि बढाउने कुराहरू बोलेर भन्नु उचित हुने बताइन् । ‘कति कामहरू गरेर भन्नु अझ राम्रो हुन्छ होला,’ उनले भनिन्, ‘आफ्नै हातमा सबै कुराहरू भइदिएको भए त गरिएका वाचाहरू पूरा गर्न सजिलो पनि हुन्थ्यो ।’
उनले कतिपय कुराहरू एकल अधिकारमा नपर्ने भएकाले कार्यपालिका वा नगरसभामा सबैको सहमतिमा अघि बढ्नुपर्ने बाध्यता सुनाउँदै ‘आज वाचा गरेर भोलि पूरा गर्न सकिँदैन कि भन्ने डर पनि हुन्छ’ भनिन् । साथै, वाचाअनुसार काम नगरेको खै त भनेर सोध्न आउने कुरा पनि आफूलाई थाहा भएको उनले बताइन् ।
उपमेयर डंगोलले जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिइरहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूको प्रशंसा गरिन् । उनले स्वयंसेविकाहरूको स्वास्थ्य बीमामा देखिएको समस्या समाधान का लागि पहल गर्ने आश्वासन दिँदै प्रतिबद्धताअनुसार काम गर्दै लैजाने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण