वायुसेवा निगमद्वारा सञ्चय कोष र नागरिक लगानी कोषसँग छलफल
सारांश
- नेपाल वायुसेवा निगमले ऋण व्यवस्थापनबारे सञ्चय कोष र नागरिक लगानी कोषसँग छलफल गर्यो।
- छलफलमा ऋण रकमको यथार्थ अभिलेख बनाउने, ब्याज छुटबारे र ऋण तिर्ने तालिका मिलाउने विषयमा कुरा भयो।
- निगमले दुवै संस्थासँगको सम्बन्ध सुधार्दै समाधान खोज्ने योजना बनाएको छ।
काठमाडौँ। नेपाल वायुसेवा निगमले आफ्नो दीर्घकालीन ऋण व्यवस्थापन र दायित्व यकिनका विषयमा सञ्चय कोष र नागरिक लगानी कोषका उच्च अधिकारीसँग छलफल सुरु गरेको छ ।
पछिल्लो समय ऋणको आकार बढ्दै गएको अवस्थालाई व्यवस्थापनका लागि स्पष्ट योजना तयार गर्न निगमले छलफल सुरु गरेको हो । दुवै पक्षबिच लामो समयदेखिको सम्वादहिनतालाई तोड्दै निगमका उच्च पदाधिकारीको टोलीले दुवै कोषका शीर्ष अधिकारीसँग विस्तृत रूपमा छलफल गरेको निगमले जनाएको छ । निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठको नेतृत्वमा गएको टोलीले विशेष गरी निगमले तिर्नुपर्ने कुल ऋण रकम स्पष्ट नभएको, दुई पक्षबिच तथ्यमा एकरूपता नदेखिएको लगायत विषय उठाएको थियो ।
छलफलका क्रममा ऋण रकम निरन्तर बढ्दै गएकाले बक्यौता रकमको वास्तविकता मिलाएर एकरूप अभिलेख बनाउने, ब्याज मिनाहा वा छुटका सम्भावित विकल्प यकिन गर्ने, तथा ऋण तिर्ने तालिका पुनः समायोजन गर्ने जस्ता विषयमा गम्भीर बहस भएको कार्यकारी सञ्चालक श्रेष्ठले जानकारी दिए । उनका अनुसार, निगमको वास्तविक भुक्तानी क्षमता र दुवै कोषको आन्तरिक नीति मिलाएर व्यावहारिक समाधान निकाल्ने साझा इच्छा छलफलमा देखिएको छ ।
हालको छलफललाई ‘उपलब्धिमूलक र सकारात्मक सुरुवात’ भन्दै दुवै ऋणदाता र ऋणी संस्थाबिचको अविश्वास घटाउने, तथ्य–दस्ताबेज मिलाउने तथा सहमतिको आधार निर्माण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा कार्यकारी सञ्चालक श्रेष्ठले उल्लेख गर्नुभयो । निगमले आगामी दिनमा पनि दुवै निकायसँग निरन्तर गहन छलफल गरेर समाधान निकाल्ने योजना बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण