‘अवतार ३’ मा चार्ली च्याप्लिनकी नातिनी खलनायकको भूमिकामा
सारांश
- जेम्स क्यामरुनको चलचित्र 'अवतार: फायर एन्ड एस' प्रदर्शनको तयारीमा छ, जसमा वरङ्ग नामक पात्रको चर्चा छ।
- वरङ्ग, मङ्गक्वान कबिलाको नेतृत्व गर्छिन्, जो पीडाबाट खारिएकी छिन् र उना च्याप्लिनले यो भूमिका निभाएकी छिन्।
- 'अवतार: फायर एन्ड एस' डिसेम्बर १९ मा विभिन्न भाषाहरूमा विश्वभर प्रदर्शन हुँदैछ।
न्युयोर्क । हलिउडका चर्चित निर्देशक जेम्स क्यामरुनको प्रतीक्षित चलचित्र ‘अवतार: फायर एन्ड एस’ प्रदर्शनको तयारीमा छ। वर्षको यो सबैभन्दा ठूलो चलचित्रको काउन्टडाउन जति तीव्र हुँदैछ, फिल्म र यसका पात्रहरूले उत्तिकै चर्चा बटुलिरहेका छन्।
यस क्रममा एउटा नाम लगातार चर्चामा छ: वरङ्ग। यो केवल एक नयाँ पात्र मात्र नभई, फिल्म वरपर सिर्जित रहस्य र अपार उत्सुकताको केन्द्रबिन्दु बनेको छ।
‘अवतार: फायर एन्ड एस’ मा दर्शकहरूले पहिलो पटक पान्डोराको गहिराइमा प्रवेश गर्नेछन्, जहाँ एक बिल्कुलै नयाँ सभ्यता ‘मङ्गक्वान’ कबिला (जसलाई एस पिपलको नामले पनि चिनिन्छ) उनीहरूको पर्खाइमा छ। यो कबिला कठोर जीवन, निरन्तर सङ्घर्ष र अथाह पीडाबाट गुज्रिएको छ।
यो कबीलाको नेतृत्व ‘वरङ्ग’ ले गर्छिन्, जो पीडाबाट खारिएकी छिन्, उद्देश्यबाट प्रेरित छिन् र यस गाथाको भावनात्मक दाउपेचलाई नयाँ तरिकाले परिभाषित गर्न तयार छिन्।
![]()
यो असाधारण पात्रलाई पर्दामा जीवन्त बनाउँदै छिन् महान् अभिनेता चार्ली च्याप्लिनकी नातिनी उना च्याप्लिन। वरङ्गलाई केवल एक विरोधी पात्रको रूपमा मात्र नभई, आफ्नो ऊर्जाले कथालाई दिशा दिने एक प्राकृतिक शक्तिको रूपमा प्रस्तुत गरिएको छ।
वरङ्गको तीव्रता र उग्रतालाई महसुस गर्नका लागि उना च्याप्लिनले छायाङ्कनका क्रममा विशेष सङ्गीत, वातावरण र प्रतीकात्मक साजसज्जाको सहारा लिएकी थिइन्। प्रारम्भिक सङ्केतहरूले उनको अभिनय यस फ्रेन्चाइजकै सबैभन्दा प्रभावशाली प्रदर्शनहरूमध्ये एक हुने देखाएका छन्।
ओमाटिकाया र मेटकायना कबीलाको विपरीत, मङ्गक्वान एक यस्तो कबिला हो जसलाई परिस्थितिहरूले टुट्ने अवस्थामा पुर्याएको छ; यो एक समुदाय हो जसले गहिरो चोट र हतासा भोगेको छ। उनीहरूको यो पीडाले पान्डोराको संरक्षक शक्ति ‘एवा’ बाट उनीहरूलाई टाढा बनाएको छ।
फिल्मको प्रारम्भिक प्रतिक्रियाहरूमा यसलाई साहसी र अत्यन्त प्रभावशाली चलचित्र बताइएको छ। यसैले गर्दा वरङ्ग यस वर्षको सबैभन्दा चर्चित पात्रहरूमध्ये तीव्र गतिमा उदाइरहेकी छिन्।
‘अवतार: फायर एन्ड ऐस’ डिसेम्बर १९ मा अङ्ग्रेजी, हिन्दी, तमिल, तेलुगू, मलयालम र कन्नड भाषामा विश्वभरि प्रदर्शन हुँदैछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण