मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयमा पनि चलाइयो डोजर
शनिबार, २० मङ्सिर २०८२, १० : १२
सारांश
- हेटौँडा सडक विस्तारको क्रममा मकवानपुर उद्योग वाणिज्य संघको कार्यालय भत्काइएको छ।
- सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथको सडक सिमा क्षेत्रमा बनेका संरचना भत्काउन सुरु गरेको छ।
- हेटौँडा बजार क्षेत्रको २५ मिटर सडकमा बनेका संरचना हटाउन जेसीवी प्रयोग गरिएको थियो।
मकवानपुर । हेटौँडा सडक विस्तारको क्रममा मकवानपुर उद्योग वाणिज्य संघको कार्यालय पनि भत्काइएको छ । त्रिभुवन राजपथको सडक सिमा क्षेत्रमा निर्माण भएको सो कार्यालय सडक डिभिजन कार्यालय हेटौँडाले भत्काएको हो ।
हेटौँडा बजार क्षेत्रको २५ मिटर सडकमा बनेका संरचना आज बिहानदेखि भत्काउन सुरु गरिएको छ । सडक सीमा भित्रको २५–२५ गज क्षेत्र खाली गराउने गरी हेटौँडा–१० राप्ती रोडमा जेसीवी प्रयोग गरिएको हो ।
सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बिच कार्यालयले सडक विस्तार कार्य सुरु गरेको हो । कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको ९।५ किलोमिटर सडक क्षेत्रमा निर्माण भएका सार्वजनिक तथा निजी संरचना हटाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण