नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
काठमाडौँ। चीनको ग्वाङदोङ प्रान्त सरकार र त्यहाँका साना तथा मझौला व्यवसायीले नेपालका व्यवसायीहरूसँग सहकार्य र व्यापार प्रवर्द्धनका लागि विशेष चासो देखाएका छन्। नेपाल भ्रमणमा रहेको ग्वाङदोङ प्रान्त सरकारका प्रतिनिधिमण्डलले संघीय तथा प्रदेश सरकारका मन्त्री र सचिवहरूसँग भेटेर साना तथा मझौला व्यवसाय प्रवर्द्धनका लागि सहकार्य गर्न इच्छुक रहेको बताएको छ।
चीनको ग्वाङदोङ प्रान्तका उद्योग, सूचना तथा प्रविधि विभागका उपमहानिर्देशक वान सुपिङ्गको नेतृत्वमा आएको टोलीले साना तथा मझौला व्यवसायी महासंघ नेपालको समन्वयमा बागमती प्रदेशका उद्योग मन्त्री विन्दु श्रेष्ठसँग भेट गरी सहकार्यको प्रस्ताव गरेको हो।
उपमहानिर्देशक वान सुपिङ्गले नेपाली व्यवसायीले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रियकरण गरी बजार प्रवर्द्धनका लागि उपयुक्त अवसर प्रदान गर्न आफूहरू तयार रहेको बताए। उनले साना तथा मझौला व्यवसायीको विकास तथा विस्तारमा सहकार्य गर्न सधैँ तयार रहेको प्रतिबद्धता जनाए।
चिनियाँ टोलीले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र संघीय सरकारको उद्योग मन्त्रालयका उच्च अधिकारीहरूसँग पनि भेटघाट गरेको थियो। टोलीमा उद्योग सूचना तथा प्रविधि विभागका उपमहानिर्देशक फान गुवालियाङ्ग, चीनको अन्तर्राष्ट्रिय एसएमई मेलाका उपनिर्देशक हुआङ्ग जिआनजुन लगायतका सदस्यहरू सहभागी थिए।
साना तथा मझौला व्यवसायी महासंघ नेपालका पदाधिकारी तथा व्यवसायीहरूसँगको छलफलका क्रममा उपमहानिर्देशक वान सुपिङ्गले नेपाली व्यवसायीले उत्पादन गर्ने सामानको माग चीनमा अत्याधिक रहेको भन्दै बजार विस्तारमा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले दुई देशबीचको व्यवसाय प्रवर्द्धनका साथै सीप तथा प्रविधि आदानप्रदान मा पनि चासो राखे। उनले नेपाली व्यवसायीलाई उत्पादन सामग्रीको बजार विस्तारसँगै प्रविधि तथा सीप मेलामा सहभागी हुन आह्वान समेत गरे।
सो अवसरमा महासंघका अध्यक्ष इनु पौडेलले नेपाली व्यवसायीलाई चीनका औद्योगिक मेलामा विशेष प्राथमिकता दिएर सहभागीताका लागि सहजीकरण गर्न आग्रह गरे। चिनियाँ टोलीले छलफलपछि नेपाली व्यवसायीका उत्पादन सामग्रीको अवलोकन गर्नुका साथै ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रको पनि भ्रमण गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण