१३औं कोरियन एम्बेस्डर तेक्वान्दोमा त्रिभुवन आर्मी च्याम्पियन, पुलिस दोस्रो
सारांश
- त्रिभुवन आर्मी क्लबले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि जित्यो, जसमा १० स्वर्ण पदक जित्यो।
- नेपाल पुलिस क्लब दोस्रो र सशस्त्र प्रहरीको एपीएफ क्लब तेस्रो स्थानमा रहे, र विभिन्न विधामा अन्य खेलाडीहरूले पनि जित हासिल गरे।
- प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए, जसमा १,५३० खेलाडी सहभागी थिए।
काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लब १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा ६ दिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा आर्मीले १० स्वर्ण, १२ रजत र १० कास्य पदक जित्यो।
यसैगरी अर्को विभागीय टोली नेपाल पुलिस क्लब ६ स्वर्ण, पाँच रजत र चार कास्य पदक प्राप्त गर्दै दोस्रो भयो। तेस्रो स्थान सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पार्यो, जसले चार स्वर्ण, दुई रजत र दुई कास्य पदक प्राप्त गर्यो।
अन्य विधाका विजेताहरू:
- चिल्ड्रेनतर्फ: ललितपुरको स्वस्तिक तेक्वान्दो डोजाङ (सात स्वर्ण) पहिलो भयो। जैशीदेवल दोस्रो र गोदावरी डोजाङ तेस्रो भए।
- क्याडेटतर्फ: पोखरी तेक्वान्दो डोजाङ (दुई स्वर्ण) पहिलो भयो। स्वस्तिक डोजाङ दोस्रो र गोदावरी इन्टरनेसनल फिटनेस तेस्रो भए।
- जुनियरतर्फ: बिजेश्वरी सैनिक स्कुल (तीन स्वर्ण) पहिलो भयो। गोर्खाली डोजाङ दोस्रो र खुदुनाबारी डोजाङ तेस्रो भए।
सर्वोत्कृष्ट खेलाडीहरू:
च्याम्पियनसिपको सिनियरतर्फको पुरुषमा नेपाली पुलिस क्लबका आशिष भण्डारी र महिलामा आर्मीकी स्वस्तिका तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए।
- चिल्ड्रेन पुरुष: स्वस्तिक तेक्वान्दो डोजाङका सुमन तामाङ
- चिल्ड्रेन महिला: विष्णुदेवी डोजाङकी रेश्मा गुरुङ
- क्याडेट पुरुष: पोखरी डोजाङका करण यादव
- क्याडेट महिला: गोदावरी डोजाङकी युमी पाख्रिन
- जुनियर पुरुष: जैशीदेवल डोजाङका राहुल हाङ लिम्बू
- जुनियर महिला: सानोठिमीकी सोया चक्रधर
नेपाल तेक्वान्दो संघको आयोजना र नेपालस्थित दक्षिण कोरियाली दूतावासको विशेष सहयोगमा सञ्चालित यो च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ग्योरोगी, पुम्सेसँगै पारा तेक्वान्दोलाई समावेश गरिएको च्याम्पियनसिपमा तीनवटै विधामा एक हजार पाँच सय ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
विजेता टोली र सर्वोत्कृष्ट खेलाडीलाई पूर्वयुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण