चितवनमाथि पोखराको जित
काठमाडौँ । पोखरा एभेन्जर्सले जितसँगै दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको अन्त्य गरेको छ । शनिबार भएको खेलमा चितवन राइनोजमाथि ८ विकेटको जित निकाल्दै पोखराले सिजनको सुखद अन्त्य गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १२१ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभर ४ बलमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । पोखराका लागि एडम रोसिङ्टोनले सर्वाधिक ६५ रनको अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे ।
पोखराका लागि अर्जुन कुमालले नट आट ४३ रन बनाउँदा जेसन रोयले ६ रनको योगदान गरे । बलिङतर्फ चितवनका लागि शेफ जैब र रिजन ढकालले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धातिर २० ओभरमा ६ विकेट गुमाउँदै १२० रन बनाएको थियो। चितवनका लागि अल्पेस रमजानीले ३३ रनको योगदान गरे । त्यस्तै देव खनालले ३५ रन बनाउँदा कप्तान कुशल मल्लले २३ रनको योगदान गरे ।
बलिङतर्फ पोखराका लागि धनन्जय लक्ष्यणले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण