ओली कुटीको ‘नक्सा’लाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष
सारांश
- शिक्षा मन्त्री महावीर पुनले केपी ओलीको लागि बन्दै गरेको 'ओली कुटी' को नक्साको आलोचना गर्दै इन्जिनियरलाई कारबाहीको माग गरेका छन्।
- मन्त्री पुनले नक्सा डिजाइनलाई लिएर इन्जिनियरको 'घोर बेइजती' र 'मानहानीको मुद्दा' लगाउनुपर्ने बताए।
- उनले हाकिमले दुई जना बस्ने कुटीको नक्सा बनाउनु भन्दा इन्जिनियरले ठूलो दरबारको नक्सा बनाएको भन्दै व्यंग्य गरेका छन्।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण गर्न लागिएको ‘ओली कुटी’ को नक्सालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका छन्।
मन्त्री पुनले 'कुटी' को डिजाइनलाई लिएर यसमा संलग्न इन्जिनियरलाई ‘सख्त कारबाही’ को माग गर्दै ‘घोर बेइजती’, र ‘मानहानीको मुद्दा’ लगाउनुपर्ने धारणा राखेका छन्।
उनले हाकिमले दुई जना बस्ने कुटीको नक्सा बनाउनु भन्दा इन्जिनियरले ‘यत्रो ठूलो दरबारको नक्सा’ बनाइदिएको भन्दै कटाक्ष गरेका छन्। उनले यसलाई ‘कहाँसम्मको लापरवाही’ भन्दै प्रश्न गरेका छन्।
यो नक्सा डिजाईन गर्ने इञ्जीनियरलाई सख्त कार्वाही गर्नु पर्छ । अनी घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ। 🤣😂हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भने पछि यत्रो ठूलो दरवारको नक्सा बनाई दिनु हुन्छ त उसले । कहाँ सम्मको लापरवाही हो यो ?😂😆🤣 एक छिन… pic.twitter.com/Zj7k91MqMi
— Mahabir Pun (@MahabirPun) December 7, 2025
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण