बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल

आइतबार, २१ मङ्सिर २०८२, १० : २२
आइतबार, २१ मङ्सिर २०८२

सारांश

  • सञ्चार सचिव राधिका अर्यालले एआईले समाचारको मूल्य घटाएको बताइन्।
  • उनले पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको र एआईले अनिश्चितता बढाएको बताइन्।
  • पत्रकारितालाई विश्वासिलो बनाउन र सरकारको सहयोग रहने कुरामा जोड दिइयो।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको बताएकी छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् ।   

उनले भनिन्, ‘समग्र पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको छ । एआईले पत्रकारिता कहाँ पुर्‍याउने भन्ने अनिश्चितता बढाएको छ । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको छ ।’ 

एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको उनले सुनाइन् । पत्रकारिता क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेकाले उनले पत्रकारहरूलाई यसमा ध्यान दिन आग्रह गरिन् । 

पत्रकारिताको सकारात्मक कदममा सरकार सधैँ साथमा रहेको छ र सकारात्मक कदमका लागि सरकारले सधैँ सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप