देशको सामु धेरै ठुला चुनौतीहरू खडा भएका छन् : अध्यक्ष दाहाल
सारांश
- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशमा धेरै चुनौतीहरू रहेको बताएका छन्।
- उनले समस्या समाधानका लागि संघीय संसद सचिवालय एकजुट हुनुपर्ने बताए।
- अध्यक्ष दाहालले संघीय संसदलाई प्रभावकारी बनाउन कर्मचारीहरूलाई निर्देशन दिए।
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिले देशको अगाडि धेरै चुनौतीहरू खडा भएको बताएका छन् । संसद् सेवा दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले देशमा धेरै समस्या खडा भएको उल्लेख गर्दै त्यसलाई पार लगाउन गम्भीर भएर लाग्नुपर्ने समेत बताए । अध्यक्ष दाहालले सङ्घीय संसद् देशको मुख्य अङ्गमध्ये एक भएकाले यसले मुलुकको समस्यालाई हेरेर मात्रै बस्न नमिल्ने बताए । उनले हरेक समस्या समाधानका लागि सङ्घीय संसद् सचिवालयले एकताबद्ध भएर सामना गर्दै अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष दाहालले भने, ‘जिम्मेवारी बोध भन्ने कुरा ठुलो र सानो हुँदैन । हामीले जहाँ जति जिम्मेवारी लिएका छौँ, त्यसलाई पूरा गर्न सके सामान्य कर्मचारी पनि ठुलो बन्न पुग्छ । हामी ठुलो कुर्सीमा बसेर जिम्मेवारी पूरा गर्न सकेनौ भने त्यो ठुलो हुन्छ भन्ने मलाई लाग्दैन । त्यसकारण हामी सबैले आफैँले आफैँलाई चिनेर हामीले आफ्नो जिम्मेवारीहरूलाई एकताबद्ध ढङ्गले अघि बढायौ भने हुन्छ । धेरै चुनौतीहरू छन् अहिले । अहिले देशको अगाडि नै धेरै चुनौतीहरू खडा भएका छन् । यसलाई पार लगाउने जिम्मा पनि हामी हाम्रो ठाउँमा छौँ । यो राज्यको मुख्य अङ्ग भएकाले यसले गर्नुपर्ने धेरै जिम्मेवारीहरू छन् । यस जिम्मेवारीबाट पन्छिन हुन्न । यसलाई हार्दिकताका साथ स्वीकार गरेर अगाडि बढ्ने प्रेरणा मिलिराखोस् ।’
त्यस अवसरमा अध्यक्ष दाहालले सङ्घीय संसद्लाई प्रभावकारी बनाउने गरी काम गर्न पनि मातहतका कर्मचारीहरूलाई निर्देशन दिए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण