रोजगारी सिर्जना र भौतिक विकासका निम्ति महानगर निजी क्षेत्रसँग हातेमालो गर्छ : प्रमुख आचार्य
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रोजगारी सिर्जना र भौतिक विकासका निम्ति महानगर निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्ने बताएका छन्।
पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा पोखराको नयाँ बजारमा मङ्सिर १७ गतेदेखि सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक २०८२’ को आज आयोजित समापन समारोहमा प्रमुख आचार्यले रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।
रोजगारी सिर्जना गर्नका लागि महानगरले सक्दो प्रयास गरेको उल्लेख गर्दै उनले व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत महानगरले उद्यमशीलता चाहनेहरुको लागि तालिम र परामर्श सेवा प्रदान गरिरहेको जानकारी गराए ।
पोखरा उद्योग वाणिज्य सङ्घ तथा कार्यक्रममा अध्यक्ष गोकर्ण कार्कीले उद्यमशील व्यक्तिलाई राज्यले संरक्षण र सहयोग गर्नुपर्ने बताए । पछिल्लो समय, बैङ्कसँग ऋण लिएर व्यापार–व्यवसाय गर्ने, रोजगारी सिर्जना गर्ने व्यक्तिलाई अपराधी ठहर्याउने प्रवृत्ति बढेको बताउँदै उहाँले व्यवसायीले सम्मानपूर्वक बस्ने वातावरण बन्नुपर्नेमा उनले जोड दिए ।
पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले उत्पादकत्व नबढाएसम्म देशले समृद्धि प्राप्त गर्न नसक्ने बताए । मेलाको मुख्य प्रायोजक मणिपाल शिक्षण अस्पतालका कार्यकारी निर्देशक अनिल ओडोविलले गुणस्तरीय स्वास्थ्य सेवामार्फत पोखरालाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन मणिपाल अगाडि बढेको बताए ।
‘लगानीको संवद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन’ नाराअनुरुप गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजी तथा पर्यटकीय सम्भावना गर्ने उद्देश्यमा मेला समर्पित रहेको प्रचार–प्रसार संयोजक तथा पोखरा उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य मनोहरि पौडेलले जानकारी दिए ।
मेलाअन्तर्गत नै उद्यमशीलता प्रवद्र्धन, लगानी मैत्री नीतिनिर्माण, नवप्रवर्तन, सूचना प्रविधि, कृषिसँग सम्बन्धित विभिन्न परिसंवाद कार्यक्रम पनि सञ्चालन गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण