तीन दिनमा १०६ किलोमिटर यात्रा गरेर चिनियाँ रोबोटले बनायो विश्व कीर्तिमान
सारांश
- चिनियाँ रोबोट ए२ ले लगातार हिँडेर गिनिज वर्ल्ड रेकर्ड बनायो, जसले तीन दिनमा १०६ किलोमिटर पार गर्यो।
- रोबोटले नोभेम्बर १० मा जियाङ्सु प्रान्तको सुझोउबाट यात्रा सुरु गरी नोभेम्बर १३ मा शाङ्घाई पुगेको थियो।
- ए२ ले लगातार हिँड्दा खुट्टाको सोल फाट्यो, तर यसले ह्युमनोइड रोबोट प्रविधिको विश्वसनीयता प्रदर्शन गर्यो।
बेइजिङ । चिनियाँ रोबोटिक कम्पनी एजीबोटको ह्युमनोइड रोबोट ‘ए२’ ले लगातार हिँडेर गिनिज वर्ल्ड रेकर्ड बनाएको छ। यो रोबोटले व्यस्त सहरी सडक र पुलसहित विभिन्न वातावरण पार गर्दै तीन दिनमा १०६ किलोमिटरभन्दा बढी दूरी हिँडेको हो।
‘ए२’ ले आफ्नो ऐतिहासिक यात्रा नोभेम्बर १० को रातमा जियाङ्सु प्रान्तको सुझोउबाट सुरु गरेको थियो । नोभेम्बर १३ को बिहान सबेरै शाङ्घाई पुग्दासम्म लगातार तीन दिनसम्म हिँडिरह्यो। यसले कूल १०६.२८६ किलोमिटर दूरी तय गर्दै ह्युमनोइड रोबोटले हिँडेको सबैभन्दा लामो दूरीको गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ।
चाखलाग्दो कुरा के छ भने, यो बृहत् यात्राका क्रममा ‘ए२’ मा कुनै पनि खराबी आएन, केवल यसको खुट्टामा लगाइएको रबरको सोल मात्रै फाट्यो। एजीबोटका एक प्रवक्ताका अनुसार, यो चुनौतीले कम्पनीको ह्युमनोइड रोबोट प्रविधिको विश्वसनीयता र स्थिरता प्रदर्शन गरेको छ।
एकै पटकको ब्याट्री चार्जमा ह्युमनोइड रोबोट १०० किलोमिटरभन्दा बढी लगातार हिँड्नु अविश्वसनीय लाग्न सक्छ। तर, चिनियाँ कम्पनीले हट स्वापेबल ब्याट्री प्रणाली प्रयोग गरेको थियो, जसले ब्याट्री परिवर्तन हुँदा पनि ‘ए२’ लाई नरोकी हिँडिरहन अनुमति दियो।
एजीबोटका साझेदार तथा वरिष्ठ उपाध्यक्ष वाङ चुआङले भने, ‘सुझोउबाट शाङ्घाईसम्म लगातार हिँड्न धेरै मानिसका लागि पनि गाह्रो हुन्छ, तर एउटा रोबोटले त्यो गर्न सफल भयो।’
ह्युमनोइड रोबोटहरूको विकास तीव्र गतिमा भइरहेको छ। यसअघि पनि मानिसको हिँडाइलाई लगभग पूर्णताका साथ नक्कल गर्ने अर्को चिनियाँ मोडल र प्रस्तुतिको क्रममा रोबोटभित्र मान्छे छैन भनेर प्रमाणित गर्न पोसाक काट्न बाध्य भएको अर्को कम्पनीको रोबोट चर्चामा आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण