पौडेल, भट्टराई र घिमिरेको नाम सचिवमा बढुवाका लागि सिफारिस
सारांश
- बढुवा सिफारिस समितिले तीन सहसचिवको नाम सचिवमा बढुवाका लागि सिफारिस गरेको छ।
- सिफारिसमा राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम समावेश छ।
- अब मन्त्रिपरिषद् बैठकले तीन मध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ।
काठमाडौँ । सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिसको समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।
समितिले सहसचिवहरू राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम सिफारिस गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखाले जानकारी दिएको छ । सहसचिव पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा प्रवक्ताको रूपमा कार्यरत छन् ।
भट्टराई वैदेशिक रोजगार विभागमा महानिर्देशकको रूपमा कार्यरत छन् भने घिमिरे भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन्। अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ । वरिष्ठताका आधारमा सचिव बढुवा हुने भएकाले पौडेलको सम्भावना प्रबल रहेको स्रोतले जानकारी दियो ।
मङ्सिर ९ गते राति राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव गोकर्णमणि दुवाडी र मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा गएका थिए । उनीहरू अवकाशमा गएपछि मन्त्रिपरिषद् बैठकले वैकुण्ठप्रसाद अर्याललाई सचिवमा बढुवा गरेको थियो । रक्षा सचिव सुमनराज अर्याल मुख्य सचिवमा बढुवा भएका थिए ।
त्यसपछि रिक्त सचिवमा तीन जना मध्यबाट एक जनालाई बढुवा गर्न सिफारिस गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण