बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रणवीरको ‘धुरन्धर’ विवादित, गलत चित्रण गरेको आरोप

सोमबार, २२ मङ्सिर २०८२, १७ : ५२
सोमबार, २२ मङ्सिर २०८२

सारांश

  • रणवीर सिंहको फिल्म 'धुरन्धर' ले बक्स अफिसमा सफलता पाए पनि बलोच समुदायले यसको कथावस्तुप्रति असन्तुष्टि जनाएका छन्।
  • बलोच कार्यकर्ता मीर यार बलोचले फिल्मले बलोचहरूको गलत चित्रण गरेको र भारत र बलोचिस्तानको सम्बन्धलाई नकारात्मक रूपमा प्रस्तुत गरेको आरोप लगाएका छन्।
  • बलोचले फिल्ममा बलोच इतिहास, संस्कृति र स्वतन्त्रता आन्दोलनमाथि कम अनुसन्धान भएको र आईएसआईले खराब काम गर्ने आरोप लगाएका छन्।

इस्लामाबाद । पाकिस्तानलाई केन्द्रमा राखेर बनाइएको भारतीय अभिनेता रणवीर सिंहको 'धुरन्धर' नामक फिल्मले बक्स अफिसमा सफल भइरहेको छ । 

तर यसको कथाले पाकिस्तानका बलोचहरूलाई असन्तुष्ट बनाएको छ । बलोचिस्तानबाट यस फिल्मविरुद्ध चर्को प्रतिक्रिया आएको छ र यसले बलोचहरूलाई बदनाम गरेको आरोप लगाइएको छ । बलोच कार्यकर्ता मीर यार बलोचले फिल्मले भारत र बलोचिस्तानको सम्बन्धलाई नकारात्मक रूपमा प्रस्तुत गरेको बताएका छन् । र यसले देशभक्त बलोचहरूलाई निराश पारेको उनको भनाइ छ । फिल्ममा देखाइएका दृश्यहरूमा आपत्ति जनाउँदै बलोचले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरेका छन् । 

'बलोचहरूको गलत चित्रण गरियो'

'बलोचिस्तानको स्वतन्त्रताका लागि लडिरहेका बलोच मानिसहरूले कहिल्यै मुम्बई आतंकवादी हमलाको उत्सव मनाएनन्, किनभने उनीहरू पनि पाकिस्तान प्रायोजित आतंकवादका शिकार हुन्,' मीर यार बलोचले एक्समा लेखेका छन् । बलोच मानिसहरूले कहिल्यै 'अल्लाह-ओ-अकबर'को नारा नलगाएका पनि उनले दाबी गरेका छन् । र भारतको फाइदाका लागि आईएसआईसँग पनि हात नमिलाएका उनले प्रस्ट पारेका छन् । 

बलोचले फिल्ममाथि बलोचिस्तानका स्वतन्त्रता सेनानीहरूसँग अन्याय गरेको आरोप लगाए । 'उनीहरूलाई यसरी देखाइएको छ– मानौं उनीहरूले आफ्ना हतियारहरू भारतविरोधी मानिसहरूलाई बेचेका थिए,' उनले भनेका छन् ।

फिल्ममा एक संवाद छ– 'मगरमच्छमा भरोसा गर्न सकिन्छ, बलोचमा होइन' यसमाथि उनले कडा आपत्ति जनाएका हुन् । बलोचहरूको शब्दकोशमा 'धोखा दिने' जस्तो कुनै शब्द नभएको उनले प्रस्ट्याएका छन् । भने, 'यो हाम्रो आचारसंहिता, नैतिकता र संस्कृतिविरुद्ध छ, किनभने बलोचहरूमा प्रसिद्ध छन् ।

बलोचले बलोच इतिहास, बलोचिस्तान स्वतन्त्रता आन्दोलन र बलोच संस्कृति तथा परम्परामाथि धेरै कम अनुसन्धान भएको पनि बताएका छन् । उनले बलोच अपराधीहरूसँग नक्कली मुद्रा छाप्नका लागि पैसा हुने भए बलोचिस्तानमा कुनै गरिबी नहुने व्यंग्यात्मक तर्क गरेका छन् ।

ड्रग्स, नक्कली मुद्रा र हतियारको तस्करीजस्ता सबै खराब काम पाकिस्तानको आईएसआईले गर्ने गरेका पनि उनको दाबी छ । 

–नवभारत टाइम्सबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप