रोचक
समय अगावै कार्यालय पुग्ने कर्मचारी बर्खास्त, अदालतको निर्णय पनि कम्पनीकै पक्षमा !
मङ्गलबार, २३ मङ्सिर २०८२, ०२ : २७
सारांश
- स्पेनमा एक डेलिभरी कम्पनीले समय अगाडि कार्यालय आउने महिला कर्मचारीलाई बर्खास्त गर्यो।
- कर्मचारीले समयभन्दा अगाडि काममा आउने बानीलाई लिएर कम्पनीले चेतावनी दिएको थियो।
- अदालतले पनि कम्पनीको पक्षमा फैसला गर्दै कर्मचारीको अनुशासनहीनतालाई मान्यता दियो।
काठमाडौँ । स्पेनको एलिसान्टे सहरमा एक अनौठो घटना सार्वजनिक भएको छ, जहाँ एक डेलिभरी कम्पनीले समयभन्दा अगाडि कार्यालय आउने बानीका कारण महिला कर्मचारीलाई बर्खास्त गरेको छ ।
कम्पनीको कार्य समय बिहान ७:३० बजे सुरु हुने भए पनि ती कर्मचारी दैनिक ६:४५ देखि ७:०० बजेसम्म नै कार्यालय पुग्ने गर्थिन् । कम्पनीका अनुसार यो व्यवहारले अन्य कर्मचारीलाई असहज बनाएको थियो र कार्यस्थलमा अनावश्यक दबाब तथा अवरोध सिर्जना भएको थियो ।
सन् २०२३ मा उनलाई लिखित चेतावनी दिइए पनि उनले आफ्नो बानी परिवर्तन नगरेपछि कम्पनीले उनलाई निर्देशन नमान्ने र नियम विपरीत व्यवहार दोहोर्याउने आधारमा जागिरबाट हटायो।
बर्खास्तगीविरुद्ध दायर मुद्दामा न्यायालयले पनि कम्पनीकै पक्षमा फैसला गर्दै कर्मचारीको बारम्बार चेतावनी अवज्ञालाई गम्भीर अनुशासनहीनता मानेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण