अखिल क्रान्तिकारीले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव मनाउँदै
मङ्गलबार, २३ मङ्सिर २०८२, १० : ४०
सारांश
- अनेरास्ववियु (क्रान्तिकारी)ले दुई हप्ता लामो जेनजी महोत्सव आयोजना गर्दैछ।
- महोत्सव भृकुटीमण्डपमा आयोजना हुनेछ र यसको उद्घाटन प्रचण्डले गर्नेछन्।
- यस महोत्सवको मुख्य उद्देश्य युवा प्रतिभाको पहिचान र सम्मान गर्नु हो।
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले जेनजी महोत्सव आयोजना गर्ने भएको छ । भोलि(बुधबार)देखि पुस ८ गतेसम्म दुई हप्ता जेनजी महोत्सव आयोजना गर्न लागिएको हो ।
राष्ट्रियसभा गृह भृकुटी मण्डपमा बिहान ११ बजे सुरु हुने महोत्सवको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गर्ने अखिल क्रान्तिकारीले जनाएको छ । जेनजी महोत्सव आयोजना गर्नुको उद्देश्य युवाहरूको प्रतिभालाई उजागर गर्ने, क्षमता र योग्यतालाई सम्मान गर्ने रहेको अखिल क्रान्तिकारीका फ्याक्सन इन्चार्ज हिमाल शर्माले बताए ।
पार्टीभित्र जेनजीलाई उचित प्रतिनिधित्व गराउने विषयमा समेत छलफल भइरहेको शर्माको भनाइ छ । भदौ २३ र २४ गते जेनजी विद्रोहका कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण