सुनकोशी–मरिण डाइभर्सन ठेक्का तोड्ने निर्णयविरुद्ध पटेल-रमण जेभी सर्वोच्चमा
सारांश
- सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का तोडिएपछि पटेल-रमण जेभी सर्वोच्च अदालत पुगेको छ।
- सरकारले समयमा काम नसकिएका कारण ठेक्का तोड्ने निर्णय गरेपछि बैंक ग्यारेन्टी जफतको प्रक्रिया अघि बढेको छ।
- राष्ट्रिय गौरवको आयोजना २०७९ माघमा सुरु भएको थियो, तर ३३ महिनामा १ प्रतिशत मात्र काम भएको थियो।
काठमाडौँ । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको महत्त्वपूर्ण सिभिल संरचनाहरूको ठेक्का सम्झौता तोड्ने सरकारको निर्णयविरुद्ध पटेल-रमण जेभी सर्वोच्च अदालत पुगेको छ ।
सरकारले गरेको ठेक्का सम्झौता तोड्नेविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा ऊर्जा मन्त्रीका रुपमा कुलमान घिसिङ आएसँगै रुग्ण आयोजना र समयमा काम नसक्ने आयोजनाको ठेक्का तोड्ने अभियान नै चलाइएको छ, जसले गर्दा यस आयोजनाको ठेक्का तोड्न लागिएको हो ।
राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजनाका रूपमा सरकारले २०७९ साल माघ ११ गते काम सुरु गरेको थियो । पटेल–रमण जेभीले २०७९ पुस १७ मा ५५ महिनाभित्र सक्ने गरी १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा यो आयोजनाको ठेक्का पाएको थियो । ३३ महिना बित्दा पनि स्थायी संरचनाको काम एक प्रतिशतमा सीमित राखेको भन्दै ठेक्का तोड्ने निर्णय गरेको थियो ।
ठेक्का सम्झौता रद्द गर्ने प्रक्रियासँगै आयोजनाले पटेल–रमण जेभीले राखेको ठुलो रकमको बैंक ग्यारेन्टी जफतको प्रक्रियासमेत सरकारले अगाडि बढाएको छ । निर्माण व्यवसायीले कार्यसम्पादन जमानतवापत राखेको २ अर्ब ४० करोड रुपैयाँ र अग्रिम भुक्तानी (पेस्की) को १ अर्ब २० करोड रुपैयाँ गरी कुल ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण