एमाले महाधिवेशनको उद्घाटन सत्रमा अतिथिको रूपमा सहभागी हुन देउवालाई निम्ता
मङ्गलबार, २३ मङ्सिर २०८२, १३ : ४९
सारांश
- नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अतिथिका रुपमा बोलाएको छ।
- एमालेका नेताहरूले देउवा निवासमा पुगेर महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन निमन्त्रणा दिएका थिए।
- एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म आयोजना हुँदैछ।
काठमाडौँ । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अतिथिका रुपमा बोलाएको छ ।
एमालेका सचिव रघुवीर महासेठ र नेता महेश बर्तौला मंगलबार देउवा निवास पुगेर महाधिवेशनको उदघाटन सत्रमा अतिथिको रूपमा सहभागी हुन निमन्त्रणा पत्र दिएका हुन् ।
एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण