मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

‘लो–बिडिङ’ र पूर्वतयारी बिनाको ठेक्काले आयोजना रुग्ण भए : महानिर्देशक बोहरा

मङ्गलबार, २३ मङ्सिर २०८२, १४ : २१
मङ्गलबार, २३ मङ्सिर २०८२

काठमाडौँ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले पूर्वाधार आयोजनाहरू रुग्ण हुनुमा पूर्वतयारी बिना ठेक्का लगाउनु र अस्वाभाविक कम रकम कबोल (लो–बिडिङ) गर्नु मुख्य कारण रहेको बताएका छन् ।

मंगलबार रुग्ण आयोजना व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा बोल्दै महानिर्देशक बोहराले कतिपय अवस्थामा दबाब र प्रभावमा परेर साइट क्लियर नहुँदै ठेक्का लगाउँदा समस्या आएको स्वीकार गरे ।

उनले भने, ’संसद् भवनजस्तो ठुलो आयोजनामा पनि साइट क्लियर गर्न डेढ वर्ष लाग्यो। रुख कटान, जग्गा प्राप्ति जस्ता विषय नसकिँदै ठेक्का लगाउने परिपाटीले आयोजना लम्बिने गरेका छन् ।’

उनले निर्माण व्यवसायीले काम हात पार्न ४० देखि ४५ प्रतिशतसम्म ‘लो–बिडङ’ गर्ने र पछि काम गर्न नसक्ने प्रवृत्ति अर्को मुख्य समस्या रहेको औँल्याए । 

साथै, संयुक्त उपक्रम (जेभी) मा विदेशी कम्पनीको नाम देखाएर ‘गोस्ट कन्ट्र्याक्टर’ को रूपमा साना सप्लायरले काम गर्दा पनि आयोजनाहरू अलपत्र पर्ने गरेको उनको भनाइ थियो । 

ठेक्का तोड्ने कार्य सरकारको नीति नभई सार्वजनिक खरिद ऐनको बाध्यात्मक व्यवस्था भएको उनले प्रष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप