राजा र दललाई एक ठाउँमा ल्याउन ‘नवीन समझदारी’ आवश्यक, प्रधानमन्त्रीले समन्वय गर्नुपर्छ: रवीन्द्र मिश्र
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशलाई सही दिशा दिनका लागि नेपालको परम्परागत शक्ति (राजसंस्था) र आधुनिक शक्ति (राजनीतिक दल) बीच ‘नवीन समझदारी’ हुनुपर्ने बताएका छन्।
उनले केवल चुनावले मात्र देशको समस्या समाधान नगर्ने भन्दै प्रधानमन्त्रीलाई यस कार्यमा नेतृत्वदायी र समन्वयकारी भूमिका खेल्न आग्रह गरे ।
मंगलबार राप्रपाद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै मिश्रले इतिहासमा राजा र जनता दुवै पक्षबाट गल्ती भएको स्वीकार गरे। तर, सधैँ गल्ती मात्र कोट्याएर बस्दा देशले निकास नपाउने उनको तर्क छ। 'यो देशमा गल्ती धेरै भए, राजाबाट पनि भयो र जनताबाट पनि भयो,' मिश्रले भने, 'तर गल्ती कोट्याएर बस्ने हो भने देशले निकास पाउँदैन।'
मिश्रले नियमित चुनाव लोकतन्त्रको अभिन्न अङ्ग भए पनि वर्तमान परिप्रेक्ष्यमा चुनाव अघि शक्ति सन्तुलनको आवश्यकता रहेको बताए। सहिदहरूको बलिदान केवल आवधिक चुनावका लागि मात्र नभएको उल्लेख गर्दै उनले भने, 'नियमित चुनाव होस् भनेर उनीहरूको टाउकोमा गोली लागेको होइन। हामीले चुनाव नगरौँ भनेको होइन, तर त्यो चुनाव हुनुअघि हामीले राजसंस्था र राजनीतिक दललाई एक ठाउँमा ल्याउनुपर्छ।'
उनले फागुन २१ गतेमा चुनाव गर्दैमा देशको अवस्थामा सुधार नआउने दाबी गरे।
अहिलेको समय नेपालले अनपेक्षित रूपमा प्राप्त गरेको अवसर भएको बताउँदै मिश्रले यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले प्रधानमन्त्रीलाई सुशासनको प्रतिमूर्ति बन्न र देशको दीर्घकालीन हितका लागि विशेष पहल लिन आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण