एमालेमा नेतृत्व परिवर्तन अपरिहार्य : अष्टलक्ष्मी शाक्य
सारांश
- एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीलाई सशक्त बनाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताइन्।
- उनले वर्तमान नेतृत्वको कार्यशैली र विचारका कारण पार्टी कमजोर भएको आरोप लगाइन् र ईश्वर पोखरेललाई अघि सार्नुपर्ने बताइन्।
- शाक्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीमाथि केपी ओलीको टिप्पणीलाई लिएर आपत्ति जनाइन्।
काठमाडौँ । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीलाई सशक्त रूपमा अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएकी छन्।
एमाले महाधिवेशनको सन्दर्भमा मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा उपाध्यक्ष शाक्यले पार्टीको वर्तमान नेतृत्वका कारण कम्युनिस्ट आन्दोलनका साथै पार्टीको विचार कमजोर हुँदै गएको भन्दै अब पार्टीलाई सशक्त रूपमा अघि बढाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएकी हुन्।
नेतृत्वमा बसेकाले आफ्नो व्यवहार र शैलीमा रूपान्तरण गर्नुपर्नेमा अहिलेसम्म त्यस्तो अनुभव गर्न नपाएको उनले बताइन्। शाक्यले अहिलेको नेतृत्वसँग परिवर्तनको सोच नै नभएकाले मुलुकलाई समृद्धिको बाटोतर्फ अघि लैजान नसक्ने भएकाले महाधिवेशनमार्फत ईश्वर पोखरेलको नेतृत्वमा पार्टीलाई विधिसम्मत ढङ्गले अघि बढाउनुपर्ने धारणा राखिन्। विचारका हिसाबले, व्यवहारिक हिसाबले अब ईश्वर पोखरेललाई नै अघि सार्नुको विकल्प नभएको उनको भनाइ छ।
त्यस्तै शाक्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीमाथि केपी ओलीले गरेको टिप्पणी आपत्तिजनक भएको बताइन्। उनले एउटा पूर्व राष्ट्रपतिलाई 'धामी, झाँक्री' भन्दै अपमान गरेको भन्दै महिलालाई सम्मान गर्न नसक्ने नेतृत्व पार्टीलाई आवश्यक नरहेको जिकिर गरिन्।
कार्यक्रममा एमाले नेतृहरू बिन्दा पाण्डे, उषाकिरण तिम्सेना, शर्मिला कार्कीलगायतले पार्टीमा सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरण हुनुपर्ने भन्दै सहमति नभए लोकतान्त्रिक पद्धति अनुसार नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका थिए। साथै उनीहरूले महाधिवेशनका लागि प्रतिनिधि चयन भइसकेको अवस्थामा विधान संशोधन हुनै नसक्ने समेत धारणा राखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण