देशलाई सङ्कटबाट जोगाउन राजा, दल र जेनजी पुस्ताबिच नयाँ समझदारी आवश्यक : लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई सङ्कटबाट जोगाउन राजा, राजनीतिक दल र जेनजी पुस्ताबिच नयाँ समझदारी हुनुपर्ने बताएका छन्।
मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै लिङ्देनले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनअघि नै राजा, राजनीतिक दल र जेनजी पुस्ताबिच सर्वपक्षीय सम्मेलन गरेर मुलुकलाई निकास दिने कामको नेतृत्व गर्न आग्रह गरे।
उनले यथास्थितिमा निर्वाचन भए मुलुकमा झनै विद्रोहको आगो बल्ने चेतावनी दिए। मुलुक भूराजनीतिको गम्भीर चक्रव्यूहमा फसेको जिकिर गर्दै अध्यक्ष लिङ्देनले यस्तो अवस्थामा निर्वाचन भए देशले झनै ठुलो ध्वंस व्यहोर्नुपर्ने अवस्था आउने बताए।
लिङ्देनले भने, "म फेरि पनि भन्छु– यो समस्याको समाधान होइन। यही व्यवस्था अन्तर्गत निर्वाचन गर्नु भनेको समस्यालाई अलि परतिर धकेल्ने कुरा मात्र हो। यो समस्याको समाधान होइन। योभन्दा ठुलो ध्वंस देशले व्यहोर्नुपर्ने हुनसक्छ।"
उनले नेपाल भूराजनीतिको गम्भीर चक्रव्यूहमा फसेको अवस्थामा, त्यसबाट देशलाई निकास दिनका लागि चुनावभन्दा अगाडि नै राजा, राजनीतिक दल र अहिले आन्दोलनले स्थापित गरेको शक्ति (जेनजी) बिच नयाँ समझदारी कायम गरेर मात्रै अगाडि बढ्नुपर्नेमा जोड दिए।
"राजा भनेको राष्ट्रिय एकताको प्रतीक हो। राजनीतिक दल भनेको लोकतन्त्र प्रजातन्त्रसँग सम्बन्धित र जेनजी पुस्ता भनेको हाम्रो भविष्य। यो तीनवटा शक्तिको समझदारीबाट देशलाई निकास दिनुपर्छ," लिङ्देनले भने।
उनले प्रधानमन्त्री कार्कीलाई आग्रह गर्दै भने, "तपाईं यति ठुलो रक्तपातपछि प्रधानमन्त्री बन्नु भएको छ। तपाईं यो मध्यावधि चुनाव गर्नका लागि मात्रै प्रधानमन्त्री बन्नु भएको होइन। त्यसकारण राजा, राजनीतिक दल, जेनजी पुस्ताको सर्वपक्षीय सम्मेलनको आयोजना गर्नुहोस् र देशलाई निकास दिने कामको नेतृत्व गर्नुहोस्।"
अध्यक्ष लिङ्देनले राजा मुलुकको राष्ट्रिय एकताको प्रतीक भएकाले त्यसको अनिवार्य आवश्यकता मुलुकलाई भएको पनि दोहोर्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण