पोखरा विमानस्थल प्रकरण
क्यानका निलम्बित महानिर्देशक अधिकारीसँग ५ लाख धरौटी माग
मङ्गलबार, २३ मङ्सिर २०८२, १८ : २७
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा नागरिक उड्यन प्राधिकरण (क्यान)का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग अदालतले ५ लाख धरौटी मागेको छ ।
मंगलबार थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्ली रत्न श्रेष्ठको इजलासले अधिकारीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
प्रतिवादी मुरारी भण्डारीलाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको छ ।
मंसिर २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५५ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले ५ जना तत्कालिन मन्त्रिहरुलाई समेत प्रतिवादी बनाएको थियो । निर्माण सम्झौता गर्ने चिनियाँ कम्पनी चाइना सिएएमसी बिरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण